413
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १० करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत मा वितरण गरेको ३ करोड कित्ता र संस्थापक लगानीकर्तालाई वितरण गरेको ७ करोड कित्ता सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको ओपन रेञ्ज १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसा तोकेको छ । कम्पनीको नेप्से सिम्बोल एचआरएल रहेको छ । अब कम्पनीको सेयर सोमबारदेखि कारोबारमा आउनेछ ।