२०८१ श्रावण १२
Home Business विमानस्थलबाट फेरि अवैध सुन बरामत

विमानस्थलबाट फेरि अवैध सुन बरामत

by laganisutra

काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौं आएकी उनी त्रिभुवन विमानस्थलमा मध्यराति १२ बजेर ५ मिनेटमा अवतरण भएकी थिइन् ।

अवैध सुन लिएर विमानस्थल पास हुने प्रयासमा रहेकी उनी चेकजाँचका क्रममा १ किलो ३०० ग्राम सुनसहित पक्राउ परेको विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

उनले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन ल्याएको खुलेको छ । यस्तै लगाएको कट्टुभित्र पनि स्प्रे गरेर थप सुन ल्याएको फेला परेको चन्दले बताए ।

ब्राभित्र दुई पोका बनाएर राखिएको सुनको तौल ५०० ग्राम र कुट्टुभित्र थप ८०० ग्राम गरेर कुल १ किलो ३०० ग्राम सुन फेला परेको उनको भनाइ छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.