२०८० फाल्गुन १२
Home Business अर्थमन्त्री डा. महत भन्छन्: सहकारीको बचत दुरुपयोग गर्ने कानूनको कठघरामा आउँछन्

अर्थमन्त्री डा. महत भन्छन्: सहकारीको बचत दुरुपयोग गर्ने कानूनको कठघरामा आउँछन्

by laganisutra

रामपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले भने, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैं भाग्न सक्दैन । सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरु कानुनको कठघरामा आवश्य आउँछन् ।

मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन ।’ निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रुपान्तरण सम्भव नभएको स्पष्ट पार्नुहुँदै मन्त्री डा. महतले भने, ‘स्थानीयले मेहनत गरेर कमाएको बचत सहकारीमा जम्मा भएको हुन्छ, त्यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यसकारण सहकारीलाई हामीले प्रवद्र्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रुपान्तरणको हतियार बन्छ । नियमनको अभावमा समस्या आए, तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उदाहरण बनेको छ, देशैभरि सहकारी यसरी नै उदाहरण बनेर काम गर्नुपर्ने पर्छ ।’ स्थानीय तहका स–साना बचत परिचालन गर्ने, स–साना आवश्यकता पूर्ति गर्ने, जीविकोपार्जनसँग यसलाई जोड्ने र स्थानीय तहकै जो सदस्य छ, उनीहरुले नै नेतृत्व लिने सहकारीको मूल अवधारणा रहेको मन्त्री डा. महतले बताए ।

यसैकारण यसलाई सहकारी मन्त्रालयअन्तर्गत राखिएको हो । यसलाई राष्ट्र बैंक वा अन्य कुनै नियमक निकाय खडा गरिएन । महतले भने, ‘हेर्दाहेर्दै यसले विशाल रुप लिएछ । कतिपय ठाउँमा ब्राण्डको रुप लियो, देशैभरि फैलियो । त्यसका व्यवस्थापक को छन् सदस्यहरुलाई नै थाहा हुँदैन । यसको नियमक निकाय नभएर यस्तो भएको हो, जसका कारण केही सहकारीमा समस्या देखियो ।’

महतले भने, ‘बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियमक निकाय गठनको कुरा गरेको थिएँ, त्यो प्रकृया अगाडि बढेको छ । हामी सबै हेर्न सक्दैनौं राष्ट्र बैंकले भनेको छ, वित्तीय संस्था, माइक्रो फाइनान्स र बैंकभन्दा बाहिर जान सक्ने हाम्रो अवस्था छैन भनेपछि वैकल्पिक नियमक निकाय गठनको तयारीमा हामी गइरहेका छौं ।’ महतले सहकारीको विषय राष्ट्रिय रुपमै प्रश्न उठेको बताए।

तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था पारदर्शी ढंगले वचतकर्ताको एक–एक पैसाको सुरक्षा सुरक्षा गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उक्त सहकारी संस्थाको रजतमहोत्सवमा बोल्दै मन्त्री डा. महतले भने, यसका स्थानीय ११ हजार सदस्यलाई सन्तुष्ट हुनुहुन्छ, एक पैसा दुरुपयोग हुँदैन भन्नुभयो, एकदमै खुशीको कुरा हो ।’

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.