२०८१ श्रावण १२
Home Business रिलायन्स स्पिनिङले ६०८ देखि ९१२ रूपैयाँसम्ममा बुक बिल्डिङबाट सेयर जारी गर्ने

रिलायन्स स्पिनिङले ६०८ देखि ९१२ रूपैयाँसम्ममा बुक बिल्डिङबाट सेयर जारी गर्ने

by laganisutra

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले जारी गर्नेमध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ताको लागि बुक बिल्डिङबाट बिक्री गर्ने भएको हो।

कम्पनीले अहिले प्रतिकित्ता ६०८ देखि ९१२ रूपैयाँसम्मको मूल्य रेन्ज तोकेको छ।

अब यसमा योग्य लगानीकर्ताहरूले बोलकबोल प्रक्रियाबाट उचित मूल्य तोक्नेछन्, यसले मूल्य निर्धारण हुनेछ।

त्यसपछि पनि फेरि यस्ता संस्थाले आफूले पनि सेयर लिने गरेर बोलकबोल गर्नेछन्।

यो पटक संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ। कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ।

हाल धितोपत्र बोर्डबाट एक सय ३५ भन्दा धेरै संस्थाले संस्थागत योग्य लगानीकर्ताको अनुमति पाएका छन्।

योग्य संस्थागत लगानीकर्तामा सूचीकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी लगायत छन् ।


यस्ता संस्थाको नेटवर्थ न्यूनतम १० करोड रूपैयाँ हुनुपर्छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.