काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५३ विन्दुले बढेको छ । यससँगै सूचक १९७२.६२ अंकमा आएको छ ।
२ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ५ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।