काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार अर्थतन्त्र र विकासमा सुधार ल्याउनका लागि आएको बताएका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्ने दायित्व सबैको भएको बताए ।
सरकारले पूर्वाग्रह राखेर दुःख दिने काम गर्दैन भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।