काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।
Market
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ ।
काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार २४ दशमलव ३९ अंकले बढेर १,९९८ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर बिनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ३० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सिइडिबी हाइड्रोपावरको २८ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छन् । सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिवासी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.१८ विन्दुले बढेको छ । यससँगै सूचक १९७९.६८ अंकमा आएको छ । ३० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ४ हजार ३ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।
२६ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो ।
काठमाडौं । लक्ष्मी सनराइज बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७५ लाख ८८ हजार ३९७ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
इच्छुक संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौंमा लिखित आवेदन दिन सक्ने छन् । तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून प्रक्रिया अगाडी बढाईने बैंकले जनाएको छ ।
काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार बजार २।०६ अंकले बढेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ३२ लाख २३ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हिमालयन लघुवित्तको ५ करोड १७ लाख ९८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ३० लाख १६ हजार रुपैयाँ र नेपाल फाइनान्सको ४ करोड २७ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।
काठमाडौं । सेयरबजार परिसूचक नेप्से १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा पुगेको छ। योसँगै बजारमा ६९ लाख ७८ हजार कित्ता सेयर बिक्री भएको छ। जसमा कारोबार रकम २ अर्ब ८९ करोड छ।
बजार खुलेयता निरन्तर घटेको थियो। बन्द हुनुअघि थोरै बढे पनि आजको कारोबारमा ६२ कम्पनीको मात्रै सेयर बढेको छ। १ सय ७७ कम्पनीका लगानीकर्ताले प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। ६ कम्पनीको भने घटबढ नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९.०३ प्रतिशत प्रतिसेयर आम्दानी गरे। यो नै सर्वाधिक प्रतिसेयर आम्दानी हो। प्रतिसेयर नोक्सानी धेरै व्यहोर्नेमा भने पोखरा फाइनान्स र डोल्टी पावरका लगानीकर्ता रहे। दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो।
आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक ३१ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्ट प्रा।लि। को नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा रहेको तीन हजार ८८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरणसहित आवेदन दिनुपर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।
कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, कम्पनीले सोही बमोजिमको निर्णय स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण पेश गर्ने र स्वीकृत पश्चात् आगामी वार्षिक साधारण सभामा पेश गरिने बताएको छ ।
काठमाडौं । बजार दोहोरो अंककले बढेको छ । मंगलबार बजार २५।९३ अंकले बढेर २००६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा आउँदा १२ वटा उपसूचकमा हरियाली छाएको छ ।
उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको ८।२९ प्रतिशत, बोटलर्स नेपाल ९तराई०को ७।६२ प्रतिशत, शाइन रेशुङ्गा बैंकको ७।२० प्रतिशतले सेयर मूल्य बढेको छ ।