कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व। विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबार देखि औपचारिक खेल सुरु हुँदैछ ।
नेपाल पत्रकार महासंघ कास्कीको सभा हलमा आज शनिवार विकास शिल्ड आयोजक समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा अपांगता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु सरह खेल्न सक्छन् भन्ने कुराको अपनत्व गराउन भोली फागुन २० देखि २१ गतेसम्म दुई दिने विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको आयोजना गरिएको जानकारी दिएको हो ।
सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आइतवार हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने भएका छन् । प्रतियोगिताको अवलोकन भने निःशुल्क रहेको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा १५ टिमको सहभागिता रहने आयोजकको भनाई छ ।
सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा आयोजित प्रतियोगिता उहाँको जीवन र गवाही प्रति समर्पित रहेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजता अधिकारीले बताउनुभयो । प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप आयोजक समितिले जनाएको छ । खेलस्थल, प्रतियोगिता सञ्चालन, समारोह सुरक्षा, खेल सामग्री सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड आयोजक समितिका संयोजक हिमाल अर्यालले बताउनुभयो ।
प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषतर्फबाट क्रमशः प्रथम, द्धतिय र तृतिय हुने टोलीले क्रमश ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडी र ९हाई स्कोरर०लाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरिनेछ । साथै, अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाण पत्र प्रदान गरिने संयोजक अर्याले बताए । संस्थाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई खान र बस्नको व्यवस्था गरेको छ । आयोजकका अनुसार प्रतियोगितामा ७० लाख रुपैयाँ भन्दा बढी खर्च हुने छ ।
सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा आयोजित प्रतियोगिता उहाँको जीवन र गवाहीप्रति समर्पित रहेकोले अपाङ्गता खेलकुदप्रति स्व। अधिकारीको उत्कृष्ट चाहनालाई पुरा गर्ने उदेश्यले स्थापित यस विकास शिल्ड प्रत्येक २ वर्षमा विभिन्न राष्ट्रियस्तरको अपाङ्गता खेलकुद कार्यक्रमको आयोजना गर्ने हाल संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले बताउनुभयो ।
प्रतियोगिताको समापन भने गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पोखरा रंगशालाको बास्केटबल कोर्ट र पुन समाजको बास्केटबल कोर्ट पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेसा व्यवसायीहरू उत्साहित बनेका छन् ।
Lifestyle
महानगरपालिकाका प्रमुख शाहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । आज प्रमुखको कार्यकक्षमा बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठक समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिको नेतृत्व हुनेछ । यसलाई जनस्वास्थ्य विभागले कार्यान्वयन गर्नेछ । यसको प्रभावकारी कार्यान्वयनका लागि महानगरपालिकाले निःशुल्क उपचार सम्बन्धी कार्यविधि, २०८० जारी गरिसकेको छ ।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, यस्तै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन समितिको सदस्य हुनुहुन्छ । यस्तै संघीय स्वास्थ्य मन्त्रालयकातर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयकातर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलकातर्फबाट बिश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुकोका छाता संगठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल) का वागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य, नेपाल नर्सिङ्ग काउन्सिलकातर्फबाट शुक्ला खनाल सदस्य हुनुहुन्छ । सरकारी अस्पतालहरुका प्रमुखमध्ये कान्ति अस्पतालबाट पङ्कज राय सदस्यमा मनोनित हुनुभएको छ । समितिको सदस्य सचिव स्वास्थ्य विभागका प्रमुख सजिना महर्जन हुनुहुन्छ ।
वैठकमा प्रमुख शाहले भन्नुभयो, ‘सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्य हो । यसका लागि हामीले साझेदारहरुसँग छलफल गरेका छौँ । कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रुपमा प्राप्त गर्न सकुन भन्ने हाम्रो चाहना हो । हामीले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली सजिलो खालको छ । सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्छ । यसमा अप्ठ््यारो परे महानगरपालिकाले सहजीकरण गर्छ ।’
प्रणालीको अभ्यास गरौँ । प्रयोगमा आइसकेपछि यसका सवल र दुर्वल पक्ष थाहा हुनेछन् । यसपछि सुधार गर्नु पर्ने ठाउँमा सुधार गर्दैँ जाऔँला । प्रमुख शाहको भनाइ छ ।
कोही नभएका, केही नभएकाले न औषधि किन्न सक्छन् । न कुनै शुल्क तिर्न सक्छन् । यस्ता व्यक्तिको सबै उपचार र त्यसमा लाग्ने खर्च निःशुल्क हुनुपर्छ भन्ने कानुनको मनसाय हो । बैठकमा स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालको भनाइ थियो ।
निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरपालिकाले फ्रीहेल्थ डट काठमाडौँ डट जीओभी डट एनपी वेभ ठेगानामा प्रणाली विकास गरेको छ । यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ । वेड संख्या कति हो । कतिवडा वेडमा विरामीले उपचार गराइरहनुभएको छ । कतिवटा खाली छन् । देखाउँछ । वैठकमा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले प्रणालीका विशेषताका बारेमा जानकारी गराउनुभएको थियो । उहाँकाअनुसार क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौँ मोडेल अस्पतालमा यो प्रणाली परीक्षण भइसकेको छ ।
यसमा कुन रोगको कति जनाले उपचार गराए, कति दिन गराए, को कहिले भर्ना भयो, कहिले डिस्चार्ज भयो, सबै विवरण उपलब्ध हुनेछन् ।
सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका शिफारिसका आधारमा सेवा उपलब्ध हुनेछ । यो सेवा देशभरिका नागरिकका लागि हो ।
प्रणाली चलाउन युजर नेम र पासवर्ड चाहिन्छ । विभागले माघको २५ गतेदेखि २९ गतेसम्म महानगरपालिका क्षेत्र भित्रका सबै निजी अस्पतालहरुका प्रमुख र मेडिकल रेकर्डरलाई अभिमुखीकरण प्रदान गर्ने योजना बनाएको छ । जनस्वास्थ्य विभागका प्रमुख सजिना महर्जनले भन्नुभयो, ‘अभिमुखीकरणपछि अस्पतालहरुलाई प्रणाली चलाउन युजर नेम र पासवर्ड प्रदान गरिनेछ ।’
बैठकमा सहभागीहरुले लक्षित वर्गले उपचारका लागि पुग्ने बाटो छोटो बनाउन, लक्षित वर्गले उपचार पाउने प्रणाली सुनिश्चित गर्न सुझाव दिनुभएको थियो । यस्तै झुटो विवरणका शिफारिस रोक्ने, दवाव सिर्जना गर्न नसकिने पद्धति अबलम्बन गर्दै जानु पर्ने साझेदारहरुको सुझाव छ । जटिल खालका रोगका उपचार गराउन अस्पतालहरुलाई कठिन भए संघीय सरकारले व्यवस्था गरेको आकस्मिक स्वास्थ्य कोष प्रयोगमा ल्याउनु पर्ने उहाँहरुको सुझाव छ ।
निःशुल्क उपचारका लागि महानगरपालिकाले यस अघि गरेका प्रयासहरु
२०८० जेठ ६ गते सार्वजनिक सूचना जारी गर्दै कानुनले तोकेको सुविधा उपलब्ध गराउन अस्पतालहरुलाई अनुरोध गरेको ग¥यो । उपलब्ध गराएको सेवाको विवरण अस्पतालमा टाँस गर्न र प्रत्येक महिनाको १० गतेभित्र महानगरमा पठाउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्न सूचनाबाट आग्रह गरिएको थियो ।
ज्येष्ठ १६ गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई भेटेर संघ तथा प्रदेश सरकार मातहतका अस्पतालहरुमा ७ दिनभित्र निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।
प्रमुखसँगको भेटपछि ज्येष्ठ १९ गते मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालयबाट गर्ने गराउने निर्णय ग¥यो । ज्येष्ठ २१ गते मन्त्रालयले स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता विरामीहरुको निःशुल्क उपचार हुने व्यवस्था मिलाउन र त्यसको अनिवार्य अनुगमन गर्न गराउन अनुरोध ग¥यो । यो परिपत्रपछि संघ र प्रदेश सरकारमातहतका अस्पतालको अनुगमनका लागि स्थानीय तहलाई बाटो खुल्यो ।
यसपछि महानगरपालिकाको स्वास्थ्य विभागले अस्पतालहरुको अनुगमन ग¥यो । अनुगमन तथा उपचार पद्धतिलाई व्यवस्थित गर्न विभागले कार्यविधिको मस्यौदा तर्जुमा ग¥यो । कार्यविधिमा भएका व्यवस्थाका बारेमा सरोकारवालाहरुको धारणा लिनका लागि गएको भदौ महिनामा सरकारी र सामुदायिक अस्पतालहरुसँग एक चरणमा र निजी अस्पतालका प्रतिनिधिहरुसँग अर्को चरणमा छलफल ग¥यो ।
कार्यविधिमा के छ?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ को स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई दिएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शय्या छुट््याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।
लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा महानगरपालिकाका प्रमुखको संयोजकत्वमा निर्देशक समितिको व्यवस्था छ । समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरु सदस्य हुनुहुन्छ ।
अस्पतालहरुमा उपचारको समन्वय र सहजीकरणका लागि महानगरपालिकामा चिकित्सकसहितको निःशुल्क उपचार सेवा एकाई हुने कार्यविधिले व्यवस्था गरेको छ । एकाईमा सबै अस्पतालहरुमा उपलब्ध निःशुल्क शय्याको संख्या, उपयोग, रोग अनुसारको चिकित्सक सेवा सम्बन्धी विवरण हुनेछ । तथ्याङ्क र सेवाका आधारमा उपचारका लागि अस्पताल र विरामीका बिच समन्वय र सहजीकरण गर्ने काम एकाईको मुख्य जिम्मेवारी हो । मस्यौदाका विषयमा
उपचार प्रक्रियाका लागि विरामीले वडालाई शिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने शिफारिस, वडाले गर्ने सर्जमिन, विरामीलाई उपचार दिँदा भर्नु पर्ने फाराम, दैनिक रजिष्टर, उपचार गर्ने विरामी वा निजको आफन्तबाट प्राप्त गर्नु पर्ने विवरण, प्रतिवेदनका ढाँचा कार्यविधिको अनुसूचीमा राखिएको छ ।
काठमाडौँ । नुवाकोटका डा.प्रकाशशरण महत सरकारमा सत्ता साझेदारी दल नेपाली कांग्रेस तर्फबाट अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् । उनी रामशरण महतका भाइ हुन् । उनको जन्म ०५ नोभेम्बर १९५९ मा नुवाकोटमा भएको थियो । महतको राजनीतिका यात्रा २०३६ सालदेखि सुरु भएको हो । तीन दशकभन्दा बढीको राजनीतिक जीवनकालमा उनी द्वन्द्व समाधान, शान्ति प्रक्रियाका साथै नेपालको आर्थिक विकासमा सक्रिय रहेका छन् ।
प्रकाशशरण महतको राजनीतिक यात्रा
कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा लागेका महतको जीवन संघर्ष र चुनौतिले भरिपूर्ण देखिन्छ । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए । त्यसबेला २०४० देखि २०४४ सम्म उनी नेपाल विद्यार्थी संघको महामन्त्री थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्ने सरल, सिधा, इमान्दार र अनुशासित कार्यकर्ता भएकोले पार्टीले उनलाई थप जिम्मेवारीहरु प्रदान गर्दै गयो । २०५५ देखि २०५६ सम्म सन १९९८ देखि १९९९सम्म नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा महत २०५९९सन २००२० देखि निरन्तर केन्द्रीय सदस्य रहदै आएका छन् ।
संसदभित्रको जिम्मेवारी
२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा देश र नेपाली नागरिकको सेवा पनि गरेका थिए ।
सो अघि उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । माननीय महतले आफ्नो विभिन्न आधिकारिक हैसियतमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा शिखर सम्मेलनका साथै विभिन्न द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय बैठकमा नेपालको प्रतिनिधित्व गरेका छन् । डा. महतले बिना महतसँग विवाह गेका छन् । उनी दुई बच्चाका पिता पनि हुन् । महतको परिवार काठमाडौंमा बस्दै आएको छ ।
दोस्रो संविधानसभाले नै २००७ सालको जनक्रान्तिको आह्वान गर्दा नेपाली कांग्रेसका संस्थापक महामानव वीःपी। कोइरालाले अगाडि सारेको नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावनालाई मूर्त रुप दिने सफलता पायो । जननिर्वाचित जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा उनले महत्वपूर्ण योगदान गरे ।
राजकीय जिम्मेवारी
पार्टीको एक सच्चा,इमान्दार,अनुशासित,कर्मठ कार्यकर्ता भएको नाताले उनको योग्यता, क्षमता, दक्षता, कर्मप्रतिको समर्पण र कार्य सम्पादन हेरेर पार्टी महतलाई राज्य सञ्चालनका विभिन्न क्षेत्रमा फरक फरक जिम्मेवारी पनि दिएको छ ।
देशमा माओवादी विद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५५ सालमा सन १९९९ मा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका महतलाई प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ असोजदेखि २०५९ बैशाखसम्म ९ सेप्टेम्बर २००१ देखि मे २००२ सम्म० सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी पुरा गरे ।
उनलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोज सम्म सन २००२ को अप्रिलदेखि अक्टोबरसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो । उनलाई २०६१ असारदेखि २०६१ माघसम्म सन २००४ देखि २००५ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हाले ।
डा.महत शिक्षा,दीक्षा र योग्यताका हिसाबले पनि अब्बल नेतामा पर्छन् । उनले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएच डी उपाधि हासिल गरेका छन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र पोलिसि इकोनोमिक्समा स्नातकोत्तर पनि गरेका छन् ।
काठमाडौं । पशुपतिको जलहरी निमार्ण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले थापालाई ३ लाख धरौटीमा रिहा गरेको हो ।
गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा। प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।
कर्मचारी सञ्चय कोषले आजदेखि सञ्चयकर्ता दम्पतीकै उपचार खर्च व्यहोर्ने
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले आजेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो ।
कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेकोमा फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति /पत्नीलाई समेत यो योजनामा समावेश गरिएको कोषले जनाएको छ ।
‘कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने सन्दर्भमा २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेकोमा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरूको सूची तयार गरिएको हुँदा सो सूचीमा उल्लिखित अस्पतालहरूमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने ब्यहोरा जानकारी गराएको छ ।
करको दायरामा नआएका युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने कामनपाको प्रस्ताव
काठमाडौं । महानगरपालिकाले ५ लाखसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव भएको छ । काठमाडौं महानगरपालिका नगर सभाको १४ औं अधिवेशनमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०(०८१ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधनमा सो प्रस्ताव ल्याएको हो ।
करको दायरामा नआएका ३५ वर्ष भन्दा कम उमेरका युवा उद्यमीहरुको उद्योगले २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताए । उनले नियमित कर दाखिला गर्ने कर दाताका हकमा कर रकमको २५ प्रतिशत छुट दिने आर्थिक विधेयकमार्फत प्रस्ताव गरेको बताए ।
त्यस्तै महानगरले चालु आर्थिक वर्षको कार्यक्रम बजेटमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटाउने प्रस्ताव गरेको छ । सोही बराबरको रकम पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा थप गर्ने प्रस्ताव ल्याएको बताए । राजश्व प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन जरुरी देखिएको उपप्रमुख डंगोलले बताए ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० साल पुष २७ गते शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५५ पैसा र विक्रीदर १३३ रुपैयाँ १५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ५५ पैसा र विक्रीदर १४६ रुपैयाँ २१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ १८ पैसा र विक्रीदर १६९ रुपैयाँ ९५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५५ रुपैयाँ ७९ पैसा र विक्रीदर १५६ रुपैयाँ ४९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ १४ पैसा र विक्रीदर ९९ रुपैयाँ १७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ७१ पैसा र विक्रीदर १०० रुपैयाँ १७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १२ पैसा र विक्रीदर ९ रुपैयाँ १६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र विक्रीदर १८ रुपैयाँ ६० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र विक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५३ पैसा र विक्रीदर २८ रुपैयाँ ६६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९९ पैसा र विक्रीदर १३ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५२ पैसा र विक्रीदर १९ रुपैयाँ ६१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ३७ पैसा र विक्रीदर ४३३ रुपैयाँ २१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६१ पैसा र विक्रीदर ३५३ रुपैयाँ २१ पैसा रहेको छ ।
काठमाडौं । एनआइसी एसिया बैंकले फेरी एक पटक ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएको हो ।
माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकको अधिकतम ८.६७ प्रतिशत ब्याजदर दिंदै आएको छ ।
काठमाडौँ । बागमती प्रदेश सरकारले सहकारीहरूको विद्यमान समस्या व्यवस्थापनका लागि समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका समिति गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि ३ सदस्यीय समिति समेत गठन गरेको हो ।
संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका वडा नम्बर–३१ का प्रशान्त अधिकारीको अध्यक्षतामा समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । समितिको सदस्यहरूमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का यज्ञनाथ दाहाल र मकनापुरगढी गाउँपालिका वडा नम्बर–२ का यतिराज सापकोटा रहेको मन्त्री श्रेष्ठले बताए ।
ग्लोबल आइएमई बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं। ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नं। १३ जर्बुटा स्वास्थ्य चौकी उक्त शिविर आयोजना गरेको हो ।
लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढि महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन् ।
यही पौष १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ ।