काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
गत वर्ष भने बैंकले सात प्रतिशत नगद र चार प्रतिशत बोनस सेयर दिएको थियो ।
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तको निष्क्रिय कर्जा उच्च दरले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ७.८७ प्रतिशत पुगेको हो । गत वर्षको यसै अवधिमा यस्तो निष्क्रिय कर्जा ४.९६ प्रतिशत मात्रै थियो । कम्पनीले कुल १३ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको खुद नाफा भने संकुचन भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा अहिले ६ करोड ४३ लाखमा खुम्चिएको छ । कम्पनीको वितरणयोग्य नाफा भने ६ करोड ९७ लाख रुपैयाँ छ । कम्पनीले ५ करोड २ लाख रुपैयाँ लोनलस प्रोभिजन गरेको छ । कुल निष्क्रिय कर्जामा लोनलस प्रोभिजन जम्मा ३६ प्रतिशत हो ।
काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीको बिक्री आम्दानीसँगै खुद नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ६ करोड ५९ लाख रुपैयाँ छ ।
गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४० लाख रुपैयाँ थियो । तुलनात्मक अवधिमा कम्पनीको बिक्री आम्दानी १५ करोड ९७ लाख रुपैयाँबाट बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ १३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ छ । यस कम्पनीले सुपरमाइ ए जलविद्युत् आयोजना संचालन गर्दै आएको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ छ ।
नयाँदिल्ली । माल्दिभ्सको सुख-दुःखमा साझेदार रहेको भारत यसका गतिविधिबाट यति विचलित भएको छ। अहिले नयाँ दिल्लीले मालेलाई दिने आर्थिक सहयोगमा कटौती गरेको छ ।
भारतले हिजो आर्थिक वर्ष २०२४-२५ को लागि अन्तरिम बजेट प्रस्तुत गरेको छ । सो बजेट अन्तर्गत भारतले २०२४–२५ आर्थिक वर्षको लागि माल्दिभ्सको सहायतामा २२ प्रतिशत कटौतीको प्रस्ताव गरेको छ। जसअनुसार माल्दिभ्सको विकासका लागि बजेटमा ६०० करोड रुपैयाँ विनियोजन गरिएको छ।
यद्यपि यो सरकारले कुनै पनि विदेशी मुलुकलाई दिने तेस्रो ठूलो रकम हो । तर यसअघि दिएको सहयोगको तुलनामा भने यो घटेको छ । सन २०२३– २४ मा भारत सरकारले माल्दिभ्सलाई ७७०.९० करोड भारतीय रुपैयाँ सहयोग गरेको थियो। सो अघि सन २०२१–२२ मा १८३.१६ करोड भारतीय रुपैयाँ दिएको थियो। माल्दिभ्सलाई भारतीय विदेश मन्त्रालयमार्फत विभिन्न योजना अन्तर्गत यो सहयोग उपलब्ध गराउँदै आएको छ ।
पछिल्ला केही वर्षदेखि माल्दिभ्सलाई आर्थिक सहायता प्रदान गर्ने देशहरूमा भारत अग्रणी रहेको छ। भारतले माल्दिभ्सलाई रक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा धेरै सहयोग गरिरहेको छ । तर, पछिल्लो दिनमा सम्बन्धमा दरार उत्पन्न भए पछि भारतले दिने माल्दिभ्सको बजेट घटाएको हो ।
साथै, भारत सरकारले आगामी आर्थिक वर्षका लागि विदेशी मुलुकलाई दिइने कुल अनुदानमा पनि १० प्रतिशतले कटौती गरेको छ । भारतले २०२४–२५ को लागि विदेशी देशहरूलाई सहायताको लागि ४८८३.५६ करोड भारतीय रुपैयाँ मात्र विनियोजन गरेको छ। तर, नेपाललाई भने भारतले सहायता रकम बढाएको छ ।
जसअनुसार भारतले नेपाललाई दिने अनुदान बढाएर ११ अर्ब २० करोड पुराएको छ । नेपालका लागि वित्त वर्ष २०२३–२४ मा ५ अर्ब ५० करोड भारु अर्थात ८ अर्ब ८० करोड नेपाली रूपैयाँ विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४–२५ का लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।
काठमाडौं । भारतले नेपाललाई दिने अनुदान बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३/२४ मा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् ।
भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२/२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा तरलता धेरै भएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले हरेक दिन बजारबाट पैसा झिक्न लागेको छ । सोही क्रममा पछिल्लो तीन दिन माघ १६, १७ र १८ गते मात्र करिब ७० अर्ब रुपैयाँ झिकेको छ ।
जसअनुसार निक्षेप संकलन उपकरणमार्फत गत मंगलबार २० अर्ब र बुधबार ३० अर्ब रुपैयाँ झिकेको राष्ट्र बैंकले बिहीबार आज थप २० अर्ब रुपैयाँ झिक्न लागेको हो ।
अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले फेरि बजारबाट पैसा झिक्न थालेको हो । हालको व्यवस्थाअनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । यो प्रक्रियालाई ब्याजदर करिडोर भनिन्छ । ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो ।
यसका लागि बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्ह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घटेको छ। यसदिन नेप्से १.४७ प्रतिशतले घटेर २०६७.०१ बिन्दुमा बन्द भएको छ ।
बिहीबारको बजारमा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बुधबार ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रूपैयाँको सेयर कारोबार भएको थियो।
बुधबारको तुलनामा आज कारोबार रकम १ अर्ब ११ करोड रूपैयाँ कम हो। यस दिन ३०९ वटा धितोपत्रको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ वटाको घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन सामाज लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५८२ रूपैयाँ ९० पैसा कायम भएको छ।
यस्तै, रावा इनर्जीको सेयरमूल्य ३.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५३९ रूपैयाँ ९० पैसा पुगेको छ।
सामलिङ पावरको सेयरमूल्य सर्वाधिक ९.४२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ६२५ रूपैयाँ कायम भएको छ।
यस्तै, मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ७०६ रूपैयाँ ८० पैसा कायम भएको छ।बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६९५ रूपैयाँ १० पैसामा ५४ करोड १ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.७३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३३५ रूपैयाँमा १४ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक ०.२१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशतले घटेको हो।
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा महतले नेपाली उत्पादन उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए ।
‘निर्यात क्षेत्रको भविष्य निकै राम्रो छ । निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राखेको छ,’ उनले भने, ‘नियार्तका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ ।’
उनले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको धारणा राखे । उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
‘निर्यात व्यवसायीहरूको समर्पण र परिश्रमले विश्वबजारमा नेपाली उत्पादनको बजार माग बढाउन र मुलुकको निर्यात क्षमता विस्तारमा योगदान रहँदै आएको छ,’ उनले भने । मन्त्री महतले फिनले उठान गरेका जायज माग देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको र निकट भविष्यमा निर्यातकर्तालाई सहुलियत उपलव्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे ।
वार्षिकोत्सवका अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको छ भने निर्यात बुलेटिन २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदरपत्रबाट सम्मान गरिएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन गर्न लगातार आज तेस्रो दिन पनि २० अर्ब तान्ने भएको छ ।
अघिल्लो दुईदिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७ गते ३० अर्ब गरि बजारबाट ५० अर्ब तानेको केन्द्रीय बैंकले आज फेरी २० अर्ब रुपैयाँ तान्न लागेको हो ।
बैंकले आज २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको राष्ट्र बैंकले जनाएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०।१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ संगै युरोको भाउ घटेको छ ।
आज अमेरिकी डलरको भाउ १० पैसाले घटेर एकको खरिददर १३२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसामा कारोबार भएको छ । बुधबार यसको खरिददर १३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रूपैयाँ २८ पैसामा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसाले घछेको हो। बुधबार युरोको खरिददर १४३ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ५२ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ बिहिबार भने ०८ पैसाले घटेर एकको खरिददर १६८ रूपैयाँ १४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ २५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९९ रूपैयाँ २१ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९७ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ ०१ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ०३ पैसा र बिक्रीदर २८ रूपैयाँ १६ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.