काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । वित्तीय विवरण अनुसार संस्थाले चालु आर्थिको वर्षको तेस्रो त्रैमासिक सम्ममा २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आथिक वर्षको तुलनामा ५९.३१ प्रतिशतले घटेको वित्तीय विवरणमा देखिन्छ । गत आर्थिक वर्षको अवधिमा संस्थाले ५ करोड ६३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १३.८४ प्रतिशतले घटेको देखिन्छ । तेस्रो त्रैमासिक सम्ममा संस्थाले ३७ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ ।
समीक्षा अवधिसम्म संस्थाको कुल सञ्चालन आम्दानी १३.५३ प्रतिशतले घटेर ४३ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ । संस्थाले कर्मचारीको तलब लगायतका सेवा सुविधाका लागि ३२ करोड ८४ लाख र अन्य सञ्चालनका लागि ६ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।
संस्थाको रिजर्भको आकार १.४६ प्रतिशतले बढ्दै ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ पनि १५ करोड ७६ लाख रुपैयाँले बढेर १७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ४ अर्ब ७९ करोड ९५ लाख र कर्जा प्रवाह १० अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी ईपीएस घटेको छ । संस्थाको ईपीएस ९.४९ रुपैयाँबाट घटेर ३.३६ रुपैयाँमा सीमित बनेको छ । संस्थाको प्रतिसयर नेटवर्थ १५७.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २५६.१९ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२६.०३ गुणा र तरलता अनुपात ४.७७ प्रतिशत रहेको छ ।
संस्था ओरालो लाग्दा लाग्दै पनि सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ साउन १६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपिओ बाँडफाँट हुने लागेको हो ।
कम्पनीको एफपिओमा साढे १६ लाख आवेदकको हात रित्तो हुने पक्का छ । सिडिएसका कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको एफपिओमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् । जस मार्फत २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ शेयर निष्काशन गरेको हो । जसअन्तर्गत ४ हजार ६७२ जनाले १०।१० कित्ता शेयर पाउने छन् । सोहि मध्यका ९ जना भाग्यमानीले थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन् । कम्पनीको एफपिओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने भएसंगै सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था विवादमा तानिएको छ ।
लाखौं आवेदकलाई भ्रम पार्न सफल भएको सस्थांले नियमक निकायलाई पनि चुनौती दिएर घाटामा गएको कम्पनीलाई उकास्ने गतिलो अस्त्र प्रयोग गरेका देखिन्छ ।
Economy
अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०।८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न निर्देशन दिएका हुन् ।
‘राजस्व परिचालनका हिसाबले संक्रमण अवस्थामा छौं । चलन चल्तिका हिसाबले अघि बढ्दा लक्ष्य प्राप्त गर्न सक्दैनु’ अर्थमन्त्री पौडेलले भने ‘चलन चल्तिको अभ्यासबाट माथि उठौं । कमीकमजोरीको स्वमूल्यांकन गरौं । चुहावटलाई नियन्त्रण गरौं । राजस्व परिचालनमा कमजोरी हुन नदिऔं ।’
आर्थिक वर्ष २०८१।८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ । उद्योगी व्यवसायी र करदातालाई मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले आफ्नो कमजोरीसँग डराउने तर करप्रशासनसँग नडराउने गरी सबै करदातालाई बुझाउन जरुरी रहेको धारणा व्यक्त गरे । उनले कर तिर्न उत्प्रेरित हुने वातावरण तयार पारेर अघि बढ्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले राजस्व संकलन कसरी गर्ने भनेर स्पष्ट योजना अघि बनाएर अघि बढ्न सुझाव दिनुभयो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संरचना र स्रोतहरु बदलिएको राजस्व परिचालनलाई प्रभावकारी बनाउन नीतिगत परिवर्तनको आवश्यकता औल्याए ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका गतिविधि सेवातिर अघि बढेकाले राजस्व संकलनमा त्यसक्षेत्रमा पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । राजस्व सचिव डा। रामप्रसाद घिमिरेले करदातालाई मैत्रीपूर्ण व्यवहार गर्दै आवश्यक सहजीकरण गरेर अघि बढ्नु पर्ने बताए ।
काठमाडौँ । आज साउन १५ गते मंगलबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४० रुपैयाँ रहेको छ ।यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९२ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९४ रुपैयाँ रहेको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए । उनले सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको उल्लेख गर्दै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे ।
नेपालमा जापानको निःसर्त र निःस्वार्थ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतमबुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको जानकारी दिए । नेपाल–जापानबीचको जनस्तरमा समेत सम्बन्ध सुदृढ रहेको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्दामा समेत अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । नेपाली विद्यार्थीहरुले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकामा उनले सन्तोष प्रकट गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
काठमाडौं । सेयर बजारमा सोमबार एक घण्टामै ६ अर्ब ८ करोडको कारोबार भएको छ । १२ बजेसम्म सेयर बजारको परिसूचक नेप्से ३३ अंक बढेर २७१५ अंकमा कायम भएको छ ।
१२ बजेसम्म बैंकिङ २.९, फाइनान्स ०.४, होटल ०.३, हाइड्रोपावर २.४, उत्पादन ०.३, जीवन बीमा ०.३ प्रतिशत बढेका छन् । माइक्रोफाइनान्स २.१, विकास बैंक ०.४, निर्जीवन बीमा ०.११ तथा ब्यापार ०.४ प्रतिशत घटेका छन् ।
१२६ कम्पनीको मूल्य बढ्दा ११० को घटेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि देखिएका छन् ।
काठमाडौं । लघुवित्त संस्थाहरूले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन गर्दै सेवा शुल्क घटाइएको हो।
ुकर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै प्रकारको रकम कट्टा गरी बचतको रुपमा राख्न पाइने छैन,ु एकीकृत निर्देशनको संशोधनमा भनिएको छ, ुकर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा एक दशमलव तीन प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन्। एक वर्षभन्दा कम अवधिका लागि कर्जा प्रवाह गरेको अवस्थामा वार्षिक एक दशमलव तीन प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन्।ु
यसअघि कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाले स्वीकृत कर्जामा एक दशमलव पाँच प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था थियो। बिनाधितो सामूहिक जमानीमा यसअघि एउटा लघुवित्त संस्थाबाट मात्रै ऋण उपलब्ध हुने गरेकामा अब यस्तो कर्जा दुई वटासम्म लघुवित्त संस्थाबाट लिन पाइने भएको छ।
ुबिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम दुई वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन्,ु एकीकृत निर्देशिकामा भनिएको छ।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएका ऋणी भने लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्। विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा पाँच लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ।
विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा भने सात लाख रुपैयाँ सीमा कायम गरिएको छ। पारिवारिक जमानीमा प्रतिपरिवार २५ हजार रुपैयाँसम्मको कर्जा मात्र प्रवाह गर्न सक्ने गरी नयाँ व्यवस्था राष्ट्र बैंकले ल्याएको छ।
काठमाडौं । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार सुन तोलाको ४ सयले बढेर एक लाख ४६ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४५ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । अबदेखि एउटा ऋणीलाई दुई वटा लघुवित्तले ऋण लगानी गर्न सक्ने भएका छन् । एउटा ऋणीले दुई वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ७ लाखको सीमा नबढ्ने गरी ऋण लिन सक्ने व्यवस्था भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था थियो ।
‘बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।’
सामूहिक जमानीमा मात्रै कर्जा लगानी गर्न पाउने लघुवित्तमा पारिवारिक जमानीमा पनि कर्जा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।
आर्थिक वृद्धि ६ प्रतिशत हासिल गर्ने लक्ष्य : यस्ता छन् मौद्रिक नीतिका ५ रणनीति
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१ /८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । वित्त नीति बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी लचिलो मौद्रिक नीति लिएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
यस्ता छन् रणनीति
नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा यथावत् राखिएको छ ।
- मुद्रास्फीतिलाई ५।० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिनेछ ।
- कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।
- भारतीय औसत अन्तर बैङ्क दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा यथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनमार्फत यसलाई नीतिगत दरकै हाराहारीमा कायम गरिनेछ ।
- आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेटमा अनुमान गरिए बमोजिम ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिनेछ ।
- आर्थिक वर्ष २०८१/८२ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ ।
निर्माण व्यवसायीका समस्या मौद्रिक नीतिले सम्बोधन गर्यो : अध्यक्ष सिंह
काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ३ वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवासीका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१्८२ को मौद्रिक नीति सार्वजनिक पश्चात न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।उनले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले बैंकबाट लिएको कर्जा समायोजनको समय थप गरिदिएर व्यवसायीहरूलाई केही हदसम्म राहत प्रदान गरेको बताए । उनले मौद्रिक नीतिले सम्बोधन गरेका समस्याहरू विगत ३ वर्षदेखि भोग्दै आएपनि विगतका सरकार र राष्ट्र बैंकले समेत सम्बोधन गर्दा आज अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।
सिंहले निर्माण क्षेत्र चलायमान नहुँदा समग्र अर्थतन्त्रमा परेको प्रभावले सरकार र राष्ट्र बैंक संवेदनशील देखिएको बताए । उनले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निर्माण क्षेत्रका समस्या समाधान हुने आशाको किरणका रूपमा लिएको बताए । उनले निर्माण क्षेत्रमा भएको संवेदनशिलता र अफ्ठ्यारोहरुलाई बुझेर आएको मौद्रिक नीति आएको बताए ।उनले तत्कालिन समयमा बारम्बार आफ्ठ्याराका विषयमा चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन भने पनि अहिलेको सरकारले मात्रै सुनुवाई गर्ने देखिएको बताए ।
सिंहले मुलुकको अर्थतन्त्र संकुचन,राजश्व संकलनको लक्ष्य प्राप्त नहुने लगायतका समस्याका विषयमा राष्ट्र बैंक र सरकार संवेदनशिल देखिएको बताए । उनले समस्या समाधानको लागि मौद्रिक नीतिले सम्बोधन गरेको महशुस भएको बताए ।
उनले भने, ‘यो मौद्रिक नीति निर्माण क्षेत्रमा भएको संवेदनशिलता र अफ्ठ्यारोहरुलाई बुझेर आएको छ । तत्कालिन समयमा बारम्बार आफ्ठ्याराका विषयमा चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन भनेका थियौं । तर सरकार र राष्ट्र बैंकले सम्बोधन गर्न सकेको थिएन । त्यसले मुलुकको अर्थतन्त्र समेत चलायमान हुन सकेन । राजश्व संकलनको लक्ष्य समेत प्राप्त हुन सकेन । अहिले निर्माण क्षेत्रका समस्याको विषयमा राष्ट्र बैंक र सरकार संवेदनशील भएको छ ।