पेरिस । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ ।
वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो ।
एजेन्सी । विश्वका ठूला सेयर बजारमा भारत चौथो स्थानमा उक्लिएको छ । स्टक मार्केटमा सूचीकृत भएका सम्पूर्ण धितोपत्रको कुल मूल्यका आधारमा भारत चौथो ठूलो मुलुक भएको हो । भारतको बजारले हककङको बजारलाई पछि पारेको ब्लुमबर्गको एक रिपोर्टले जनाएको छ ।
सोमबार बजार बन्द हुँदा भारतको स्टक मार्केटमा सूचीकृत धितोपत्रको कुल पूँजीकरण रकम ४.३३ ट्रिलियन डलर (४३ खर्ब ३० अर्ब डलर) पुगेको ब्लुमबर्ग रिपोर्टले जनाएको छ । सो रिपोर्टअनुसार सोमबार हङकङको स्टक मार्केट आकार ४.२९ ट्रिलियन (४२ खर्ब ९० अर्ब डलर) बराबर छ ।
अमेरिकी स्टक मार्केटको पूँजीकरण सबैभन्दा उच्च ५०.८६ ट्रिलियन डलर (५ सय खर्ब डलर) रहेको छ । त्यस्तै विश्वमा चीनको दोस्रो ठूलो स्टक मार्केट पूँजीकरण ८.४४ ट्रिलियन डलर (८४ खर्ब ४० अर्ब डलर) बराबर छ । तेस्रो ठूलो स्टक मार्केट जापानको हो । जापानी मार्केटको पूँजीकरण ६.३६ ट्रिलियन डलर (६३ खर्ब ६० अर्ब डलर) बराबरको छ ।
अयोध्या । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहोल बन्न पुगेको छ ।
राम मन्दिरका लागि ठूलो संख्यामा मानिसहरुले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि भगवान रामलाई सुन, हिरा र चाँदीले बनेको ११ करोड रुपैयाँको मुकुट उपहार दिएका छन् ।
प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा सुरतका हीरा व्यापारी र ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले अयोध्याको राम मन्दिरको गर्भगृहमा भगवान श्रीरामको लागि तयार गरिएको मुकुट मन्दिरका ट्रस्टीहरूलाई हस्तान्तरण गरेका हुन ।
विश्व हिन्दू परिषद्का नेता दिनेश भाइ नावादियाले ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले राम मन्दिरमा सुन र हिराले जडित मुकुट दिने इच्छा व्यक्त गरेको भारतीय सञ्चारमाध्यमलाइ बताए । नवनिर्मित राम मन्दिरमा जनवरी २२ मा कुन मूर्ति स्थापना गर्ने हो भन्ने टुंगो नलागे पछि कम्पनीका दुई कर्मचारीलाई अयोध्या पठाइएका थियो। मूर्तिको टुङ्गो लाग्ने बित्तिकै दुवै मजदुर मुकुटको नाप लिएर सुरत फर्किए र मुकुट बनाउन थाले ।
६ किलो तौलको मुकुटमा साढे चार किलो सुन प्रयोग गरिएको उनले बताए । यसमा साना र ठूला आकारका हिरा, माणिक, मोती र नीलमणि जस्ता बहुमूल्य रत्नहरू जडिएका छन्। अब यो मुकुट भगवान रामको शिरमा सजिएको छ। प्राणप्रतिष्ठा समारोहको एक दिन अघि श्री रामजन्मभूमि तीर्थ क्षेत्र कोषका महासचिव चम्पत राईलाई हस्तान्तरण गरिएको थियो, जसको मूल्य करिब ११ करोड रुपैयाँ रहेको बताइएको छ ।
हिरा व्यापारी दिलीप कुमारले राम मन्दिरका लागि १०१ किलो सुन दान गरेका छन्, जसको मूल्य करिब ६८ करोड रुपैयाँ छ । मन्दिरका ८ वटा ढोकामा सुनको लेप लगाउन प्रयोग गरिएको छ । जबकि कथाकार तथा आध्यात्मिक गुरु मोरारी बापुले ११.३ करोड रुपैयाँ दान गरेका छन् ।
जर्मनी । यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने सङ्केत गरेका छन् । बैंकले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ ।
फ्रयाङ्कफर्ट इन्स्टिच्युटले लगातार तेस्रो बैठकमा ब्याजदर वृद्धिलाई स्थगन गर्ने सङ्केत गरेको छ । बढ्दो मूल्यलाई नियन्त्रण गर्न वृद्धिको उच्चतम दौडपछि महत्वपूर्ण निक्षेपका लागि तोकिने ब्याज दरलाई चार प्रतिशत कायम गरेको छ ।
ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले गत हप्ता ब्याजदर उच्च विन्दुमा पुगेको तर आर्थिक अनिश्चितता र बढ्दो ज्यालाले मूल्यको दबाबमा पार्न सक्ने सम्भावित प्रभावको हवाला दिँदै मुद्रास्फीतिमा ‘विजयको उद्घोष’ गर्न धेरै चाँडो भएको बताएका थिए ।
उनले ईसीबीका अन्य अधिकारीहरूसँगको छलफलपछि अप्रिलको सुरुमा दर कटौतीको बजार शर्तबिरूद्ध पनि वृद्धिलाई निरन्तरता दिएका थिए । नयाँ तथ्याङ्कले आर्थिक सुधारका थप सङ्केतहरू देखाएमा ऋणका लागि लिइने ब्याजदरमा ‘सम्भवतः’ आगामी गृष्म ऋतुसम्ममा ब्याजदरमा कटौती गर्नै थालिनेछ ।
ड्यूश बैंकका अर्थशास्त्रीहरुले भनेका छन्, “ईसीबीले अझै पनि आफ्नो बाटो परिवर्तन गर्न हतार गरेको छैन र गभर्नरहरूले यस हप्ताको बैठकमा कटौतीको बारेमा छलफल समेत गर्ने छैनन् ।”
“ईसीबीको बिहीबारको पत्रकार सम्मेलनले ग्रीष्मऋतुअघि ब्याजदर कटौतीको असाधारण न्यून सम्भावनालाई पुनः उजागर गर्ने अपेक्षा गरेका छौं,” युनिक्रेडिटले एक मूल्याङ्कन विवरणमा सहमति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको छ ।
संयुक्त राज्य अमेरिकामा लगानीकर्ताहरूले मार्चमा पहिलो दर कटौती गरिरहेका छन् । फेडरल रिजर्भका अधिकारीहरूले पनि ब्याजदर वृद्धि हुने सम्भावनालाई मन्दरूपमा अस्वीकार गरिरहेका छन् । मुद्रास्फीतिलाई दुई प्रतिशतको दीर्घकालीन लक्ष्यमा सुरक्षित रूपमा फर्काउन थप काम गर्न बाँकी रहेको सङ्केत गर्दछ ।
एटलान्टा फेडका अध्यक्ष राफेल बोस्टिकले गत हप्ता यदि मुद्रास्फीति सोचेभन्दा बढी सुस्त भएको ‘विश्वस्त’ प्रमाण देखिएमा तेस्रो त्रैमासिकमा दर कटौती आउने बताए ।
नयाँ दिल्ली । बुधबार भारतीय सेयर बजारमा पहिरो गएको छ । विश्व सेयर बजार ओरालो लागेसँगै भारतमा दलाल स्ट्रिटमा व्यापक कमी आएको हो ।
३० कम्पनीको सेयर सूचिकृत बीएसई सेन्सेक्स उक्त दिन १ हजार ६२८ अङ्कले घटेर ७१ हजार ५०० मा ओर्लिएको थियो । अघिल्लो दिनको तुलनामा यो कमी २ दशमलव २३ प्रतिशत थियो । बृहत् एनएसई निफ्टी ४६० अङ्क अर्थात् २ दशमलव शून्य ९ प्रतिशतले घट्दै २१ हजार ५७२ अङ्कमा आएको थियो । सेन्सेक्समा बुधबार देखिएको यो एक दिने कमी गएको १६ महिनायताकै सबैभन्दा खराब थियो । बुधबार बीएसईमा सूचिकृत कम्पनीहरूको कूल बजार पुँजीकरण ४५ खर्ब ३० अर्ब भारुले घटेर ३ हजार ७०४ खर्ब २० अर्ब भारुमा आएको थियो । उक्त दिन सेन्सेक्समा सूचिकृत एचडीएफसी बैंकको सेयर साढे ५ प्रतिशतले घटेपछि समग्र सूचक दबाबमा आएको हो ।
विश्वका प्रमुख केन्द्रीय बैंकहरुले पुनः ब्याजदर बढाउन थाल्ने अनुमान बलियो बनेपछि बुधबार विश्व सेयर बजार पनि रक्ताम्मे बनेको थियो । चीनको आर्थिक पुनर्बहाली अनियमित रहेको सङ्केतले पनि सेयर बजार दबाबमा आएको हो । सन् २०२३ मा चीनको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले मात्रै बढेको सरकारी तथ्याङ्कले देखाएको छ । वृद्धिको यो दर अर्थशास्त्रीहरूले सोचेको भन्दा निकै कमजोर हो । घरजग्गा बजारमा जारी सङ्कट, अपस्फीतिको बढ्दो जोखिम र सुस्त मागका कारण यो वर्ष चीनको आर्थिक परिदृश्य धूमिल बनेको छ ।
बुधबार कारोबार बन्द हुँदा चीनमा शाङ्हाई कम्पोजिट २ दशमलव १३ प्रतिशतले घटेको थियो । हङकङमा हाङ्शेङ ३ दशमलव ८६ प्रतिशतले घट्दा दक्षिण कोरियाको कोस्पी परिसूचकमा पनि २ दशमलव ५३ प्रतिशत तल आएको थियो । सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, ताइवान लगायत एसिया क्षेत्रका मुख्य सेयर बजार पनि रातोमै थिए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ बजे युरोप पनि रक्ताम्मे थियो । बेलायतमा फुट्सी १ दशमलव ५ प्रतिशतले घटेको थियो । फ्रान्स र जर्मनीमा क्याक४० र डीएएक्स पनि क्रमशः १ दशमलव १३ प्रतिशत र १ दशमलव शून्य १ प्रतिशत तल आएको थियो ।
बुधबार कमोडिटिज बजारमा सुनको भाउ शून्य दशमलव ११ प्रतिशतले घटेर प्रतिऔँस २ हजार २५ डलर १६ सेन्टमा आएको थियो । अमेरिकी बेञ्चमार्क यूएस क्रु २ दशमलव २९ प्रतिशतको कमी सहित प्रतिब्यारेल ७० डलर ७१ सेन्टमा आउँदा अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड पनि १ दशमलव ७० प्रतिशतले घटेर ७६ डलर ७५ सेन्टमा ओर्लिएको थियो ।
क्यालिफोर्निया । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङलाई उछिनेर अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल विश्वको नम्बर १ स्मार्टफोन ब्रान्ड बनेको छ । विश्वभर बजारमा स्मार्टफोन विक्रीको दौडमा एप्पलले सामसङलाई उछिनेको बजार अनुसन्धाता संस्था आईडीसीको रिपोर्टले देखाएको हो । विक्रीमा एप्पल सबैभन्दा अगाडि आएको यो सन् २०१० यता पहिलो पटक हो । एप्पलको प्रिमियम आइफोन मोडलको बढ्दो लोकप्रियताका कारण कम्पनी मार्केट लिडर बनेको बताइएको छ ।
सन् २०२३ मा विश्व बजारमा स्मार्टफोन विक्री भने घटेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा विक्री ३ दशमलव ३ प्रतिशतले घटेको थियो । यो वर्ष बजारमा सुधार आउने आशा गरिएको छ । विक्री हिस्साका आधारमा तेस्रो स्थानमा चिनियाँ कम्पनी साओमी छ । चौथोमा ओप्पो र पाँचौँ स्थानमा ट्रान्शन होल्डिङ्स छ । सूक्ष्म आर्थिक परिदृश्यमा आएको परिवर्तनका कारण स्मार्टफोनको विक्री घटिरहेको आईडीसीले बताएको छ ।
रिपोर्टका अनुसार गएको वर्षको कूल विक्रीमा एप्पलको अनुपात २० दशमलव १ प्रतिशत छ । कम्पनीले वर्षभरिमा २ करोड ३४ लाख ६० हजार थान आइफोन बेचेको छ । दक्षिण कोरियाली ब्रान्ड सामसङको पोल्टामा १९ दशमलव ४ प्रतिशत मात्रै बजार हिस्सा थियो । समीक्षा अवधिमा कम्पनीले २ करोड २६ लाख ६० हजार थान स्मार्टफोन बेचेको छ । साओमीले १ करोड ४५ लाख ९० हजार थान स्मार्टफोन बेचेर बजारको १२ दशमलव ५ प्रतिशत हिस्सा आफ्नो मुठ्ठीमा पारेको छ ।
बेइजिङ । एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्टका अनुसार यो बेइजिङस्थित बेटाभोल्टले बनाएको परमाणु ब्याट्री हो। यद्यपि, परमाणुको मतलब यो होइन कि यसको आकार धेरै ठूलो छ।
समाचारमा थप भनिएको छ कि बेटाभोल्टले सिक्का भन्दा सानो मोड्युलमा ६३ आइसोटोपहरू निकाल्न सफल भएको छ। कम्पनीले परमाणु ऊर्जालाई लघुकरण गर्ने यो संसारको पहिलो ब्याट्री भएको बताइएको छ । अर्को पुस्ताको ब्याट्री परीक्षण भइरहेको छ। यो फोन र ड्रोन जस्ता व्यावसायिक उपकरणहरूको लागि ठूलो मात्रामा उत्पादन गरिनेछ।
‘बिटाभोल्ट परमाणु ऊर्जा ब्याट्रीहरूले एयरोस्पेस, एआई उपकरणहरू, चिकित्सा उपकरणहरू, माइक्रोप्रोसेसरहरू, उन्नत सेन्सरहरू, साना ड्रोनहरू र माइक्रो रोबोटहरू लगायतका उपकरणहरूको दीर्घकालीन आवश्यकताहरू पूरा गर्न सक्छन्,’ कम्पनीले एक प्रेस विज्ञप्तिमा भन्यो।
समाचारमा अगाडी भनिएको छ, ‘यो नयाँ ऊर्जा उपकरणले चीनलाई एआई टेक्नोलोजी क्रान्तिको नयाँ चरणमा कर्भको अगाडि रहन मद्दत गर्नेछ।’
बनावटको बारेमा कुरा गर्दा ब्याट्रीको लम्बाइ १५ मिमी चौडाइ १५ मिमी र मोटाई ५ मिमि छ। भविष्यवादका अनुसार यो परमाणु आइसोटोप र हीरा अर्धचालकको वेफर पातलो तहबाट बनेको छ। आणविक ब्याट्रीहरूले हाल ३ भोल्टमा १०० माइक्रोवाट पावर उत्पादन गर्दछ। तर, सन् २०२५ सम्ममा १ वाटसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
बेटाभोल्टका अनुसार यसको विकिरणबाट मानिसलाई कुनै खतरा छैन। जसका कारण यसलाई पेसमेकर जस्ता मेडिकल उपकरणमा प्रयोग गर्न सकिन्छ।
ब्याट्रीमा प्रयोग हुने प्रविधिले सड्ने आइसोटोपबाट शक्ति प्राप्त गर्छ। त्यसपछि यो ऊर्जालाई शक्तिमा रूपान्तरण गर्दछ। ब्याट्रीमा लेयर्ड डिजाइन छ, जसले यसलाई कुनै पनि अचानक बलको कारणले आगो वा विस्फोटबाट सुरक्षित राख्छ। बेटाभोल्टले ब्याट्रीले ६० डिग्री सेल्सियसदेखि १२० डिग्री सेल्सियससम्मको तापक्रममा काम गर्न सक्ने दाबी गरेको छ।
आणविक ऊर्जा ब्याट्रीहरू बिल्कुल वातावरण अनुकूल छन्। क्षय अवधि पछि ६३ आइसोटोप तामाको स्थिर आइसोटोपमा परिवर्तन हुन्छ, जुन गैर रेडियोधर्मी हुन्छ। वातावरणमा कुनै खतरा छैन न त प्रदूषण नै हुन्छ । कम्पनीले परीक्षण पूरा गरेपछि र आवश्यक सबै अनुमतिहरू प्राप्त गरेपछि ब्याट्री ठूलो मात्रामा उत्पादन गर्न सकिने जनाएको छ ।
सियोल । दक्षिण कोरियामा आयातित सामानहरूको मूल्य सन् २०२३ डिसेम्बरमा लगातार दोस्रो महिनामा पनि सस्तो कच्चा तेल र स्थानीय मुद्राको वृद्धि घटेको केन्द्रीय बैंकको तथ्याङ्कले मङ्गलवार उल्लेख गरेको छ । गत महिना ४.४ प्रतिशतले घटेको आयात मूल्य सूचकाङ्क डिसेम्बरमा १.७ प्रतिशतले घटेको बैंक अफ कोरियाले जनाएको छ ।
दुबई कच्चा तेल, दक्षिण कोरियाको डिसेम्बरमा औसत ७७.३३ अमेरिकी डलर प्रति ब्यारेल, अघिल्लो महिनाको तुलनामा ७.४ प्रतिशतले घटेको छ । औसत एक डलर विनिमय दर डिसेम्बरमा १३०३. ९८ प्रतिडलरमा झरेको छ । जुन अघिल्लो महिनामा एक हजार तीन सय १३१०.३९ थियो ।
आयातित कच्चा मालको मूल्य नोभेम्बरमा ७.४ प्रतिशतले घटेपछि पुनः डिसेम्बरमा ४.६ प्रतिशतले घटेको छ । तेल उत्पादन सहितका सामानको आयात मूल्य गत डिसेम्बरमा ०.४ प्रतिशतले घटेको छ ।
आयातित पुँजीगत सामानको मूल्य ०.३ प्रतिशतले बढेको छ । तर गत महिना उपभोक्ता सामानको मूल्य ०.१ प्रतिशतले घटेको छ । लगातार दोस्रो महिना गिरावटको प्रवृत्ति कायम राख्दै निर्यात मूल्य सूचकाङ्क डिसेम्बरमा मासिक आधारमा ०.९ प्रतिशतले घटेको छ ।
काठमाडौँ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ ९७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ६३ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिददर १४५ रूपैयाँ ०१ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा घटेको हो।
सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ८३ पैसा र बिक्रीमा १६९ रूपैयाँ ६० पैसा पाइन्छ।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९१ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज ९८ रूपैयाँ ७१ पैसा र बिक्रीमा ९९ रूपैयाँ १६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रूपैयाँ २० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ४८ पैसा र बिक्रीमा २८ रूपैयाँ ६१ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ८२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७३ पैसा तोकिएको छ।
काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसा कायम गरिएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा १७ पैसा घटेको हो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आज युरो एकको खरिदमा आज १४५ रूपैयाँ ०१ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६७ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५४ पैसा घटेको हो ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४५ पैसा तोकिएको छ ।शुक्रबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा कायम गरिएको थियो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ५६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९६ पैसा पाइन्छ । त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ०२ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४७ पैसा पाइन्छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४६ पैसा तोकेको छ ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ४८ पैसा र बिक्रीमा २८ रुपैयाँ ६१ पैसा पाइन्छ ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७२ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७३ पैसा तोकिएको छ ।
Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.