राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीहरूले अदालतको अवहेलना गरेको रिटमा लिखित जबाफ माग गरेको छ।
मंगलबार न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले लिखित जबाफ माग गर्ने आदेश दिएको हो।
यसअघि मंसिर ११ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले थप विवरण माग गर्ने आदेश दिएको थियो।
अधिवक्ता अनुपम भट्टराईले रास्वपाका नेताहरूले अदालतको अवहेलना हुने गरी प्रदर्शन गरेको भन्दै कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सहरजिष्ट्रार अच्युत कुइँकेलले रिट दरपीठ गरेका थिए।
उक्त रिटमा पुनर्विचार गर्न भन्दै अधिवक्ता भट्टराईले पुन: निवेदन दिएका थिए।
कात्तिक २७ गते न्यायाधीश विनोद शर्माको इजलासले उक्त दरपीठ बदर गरी रिट दर्ता गर्न आदेश दिएको थियो।