Thursday, December 12, 2024
Home NEWS भारतले ५७ औं बाघ आरक्षण केन्द्र थप्यो

भारतले ५७ औं बाघ आरक्षण केन्द्र थप्यो

by laganisutra

काठमाडौं । भारत सरकारले ५७ औं बाघ आरक्षण केन्द्र थपेको छ । भारतको संघीय वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयकाअनुसार सूचिमा सामेल हुने सबैभन्दा पछिल्लो मध्य भारतको मध्य प्रदेश राज्यमा रहेको रतापानी टाइगर रिजर्भ हो ।

अधिकारीहरूले रतापानी टाइगर रिजर्व मध्य प्रदेशको आठौं बाघ आरक्षण भएको बताए । यसको कोर क्षेत्र ७६३.८ वर्ग किमी, बफर क्षेत्र ५०७.६ वर्ग किमी र कुल क्षेत्र १ हजार २७१.४ वर्ग किमी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रतापानी टाइगर रिजर्भको सूचनालाई वातावरण प्रेमीहरूका लागि खुशीको खबर भएको बताए ।  देशको निरन्तर संरक्षण प्रयासका कारण भारतमा बाघको संख्या बढ्दै गएको छ । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft