Friday, October 25, 2024
Home Politics रास्वपाले आजदेखि पोखरामा आन्दोलन नगर्ने

रास्वपाले आजदेखि पोखरामा आन्दोलन नगर्ने

by laganisutra

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने बताएको छ । पत्रकार सम्मेलन गरेर रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने तयारी गरेको जानकारी दिएको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । तर, पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी पक्ररणमा लामिछाने यहि कात्तिक २ गते पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेका उनी हाल कास्की प्रहरीको हिरासतमा छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft