238
काठमाडाैं । सपोर्ट लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको आइतबार बसेको सञ्चालक समितिले शेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।