Tuesday, October 22, 2024
Home Politics रवि लामिछानेले कास्की अदालत परिसरमा बोलेको विषयमा गृहमन्त्री लेखकको असन्तुष्टि

रवि लामिछानेले कास्की अदालत परिसरमा बोलेको विषयमा गृहमन्त्री लेखकको असन्तुष्टि

by laganisutra

काठमाडौं l सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदा लामिछानेले दिएका अभिव्यक्तिका विषयमा गृहमन्त्री रमेश लेखकले चासो राखेका छन्।

आइतबार लामिछानेले अदालतमा उपस्थित हुँदा पत्रकारहरूसँग आफ्नो भनाइ राखेका थिए। अनुसन्धानमा रहेका व्यक्तिले वक्तव्य दिएको भन्दै गृहमन्त्रीले चासो राखेका हुन्। यस विषयमा गृह मन्त्रालयअन्तर्गत निकायका प्रमुखहरूसँग गृहमन्त्री लेखकले असन्तुष्टि जनाएको स्रोतको भनाइ छ। 

लामिछानेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो। उनलाई सङ्गठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान गर्न पक्राउ गरी पोखरा लगिएको थियो।

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उक्त म्याद बुधबार सकिनेछ भने आवश्यक रहे बिहीबार पुनः अदालतमा उपस्थित गराउन सक्नेछ। 

लामिछानेले अदालत परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै केपी ओली नेतृत्वको सरकारविरुद्ध देशैभरिबाट उत्रन आह्वान गरेका थिए।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft