Tuesday, October 22, 2024
Home Politics पार्टीले स्पष्टीकरण सोधेपछि उषाकिरणले भनिन्– एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ

पार्टीले स्पष्टीकरण सोधेपछि उषाकिरणले भनिन्– एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ

by laganisutra

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एक्लै भएपनि सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् । पार्टी कार्यालय निर्माण गर्न व्यापारीले जग्गा दान गरेको विषयमा आलोचना गरेको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै उनले यस्तो बताएकी हुन् । 

गौतम बुद्धको भनाइ कोट गर्दै उनले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ ।’

उनले पार्टी कार्यालय भवन निर्माणमा व्यापारीको सहयोग लिनु गम्भीर गल्ती भएको भन्दै सामाजिक सञ्जालमा लेख्नुका साथै अन्तरवार्ता समेत दिएकी थिइन् । 

यस्तै अभिव्यक्ति दिएका नेता भीम रावल र बिन्दा पाण्डेलाई पनि स्पष्टीकरण सोध्ने एमालेको सचिवालय बैठकले निर्णय गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft