Sunday, November 24, 2024
Home NEWS भोलि प्रभु महालक्ष्मी लाइफको साधारण सभा

भोलि प्रभु महालक्ष्मी लाइफको साधारण सभा

by laganisutra

काठमाडौँ  l प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि अर्थात असोज २३ गते हुदैछ । 

उक्त सभा आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft