Friday, October 18, 2024
Home NEWS सडक साँघुरो बनाउने बालेन साहको सन्काहा स्वाभावलाई व्यङ्ग्य गरिरहेको तस्बिर

सडक साँघुरो बनाउने बालेन साहको सन्काहा स्वाभावलाई व्यङ्ग्य गरिरहेको तस्बिर

by laganisutra

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ बढाउने निर्माण गरेसँगै काठमाडौं महानगरपालिका र स्थानीय आमनेसामने हुने गरेका छन् । महानगरपालिकाले २०८० माघ ९ देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएपछि स्थानीय र व्यापारीले त्यसको विरोध गरेका थिए । पछिल्लो समय फेरि सडक घटाएर फुटपाथ बढाउने काठमाडौंं महानगरपालिकाका मेयर बालेन साहको निर्णयलाई हचुवा भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । स्थानीयको विरोधका कारण न्यूरोड गेटदेखि धर्मपथसम्मको सडक घटाउने महानगरको योजना असफल बनेको थियो ।

महानगरपालिकाले धर्मपथको शालिकदेखि इन्द्रचोकसम्मको बाटो भने घटाएको थियो । महानगरले पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाएको दाबी गर्दै आएको छ । तर, हचुवाका भरमा र कुनै दीर्घकालिन योजना नबनाई गरेको यो कार्यले अहिले व्यापारी र स्थानीय मात्रै होइन पैदलयात्री समेत खपिनसक्नुको हैरानी खेप्न बाध्य भएका छन् ।

अहिले चाडवाडले छपक्क छोपेको छ । किनमेल गर्नेको भिड न्युरोड, असन क्षेत्रमा खपिनसक्नु छ । एकातिर पार्किङ गर्न नपाएर किनमेलका लागि न्युरोड, असन पुगेका उपभोक्ताहरु हैरानी खेप्न बाध्य छन् भने अर्कोतिर सडक साँघुरो हुँदा ओहोरदोहोर गर्ने सवारीको जाममा घण्टौँसम्म फस्न बाध्य छन् । काठमाडौं महानगरपालिकाको यो अपरिपक्क कामको हैरानी खेप्न बाध्य व्यापारी, स्थानीय र पैदलयात्रीका आफ्नै पीडा छन् । साँघुरो सडकका कारण घटौँसम्म जाममा पर्ने भएपछि आजित भएर फुटपाथबाट समेत मोटरसाइकलहरु कुदाउनु पर्ने बाध्यता भएको छ ।

एक जना व्यक्तिले धर्मपथ–इन्द्रचोक सडकको फुटपाथमा मोटरसाइकल कुदाउँदै गरेको तस्बिर अहिले भाइरल बनेको छ । यसलाई धेरैले सडक साँघुरो बनाउँदाको परिणाम भनेर यो तस्बिर सेयर गर्ने गरेका छन् । हो, दीर्घकालिन योजना विना हचुवाका भरमा गरेका योजनाहरु वर्षे भेल जस्तै हुन् । एकतिर जनताले तिरेको करको दुरुपयोग हुन्छ भने अर्कोतर्फ एक जनाको सन्कीका भरमा भएका योजनाको असर लाखौँले खेप्नुपर्ने हुन्छ । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft