Saturday, October 5, 2024
Home NEWS उपत्यकामा खानेपानी हाहाकार, मेलम्चीको आश मात्रै

उपत्यकामा खानेपानी हाहाकार, मेलम्चीको आश मात्रै

by laganisutra

काठमाडौं । पानी नहुँदा बुद्धनगरमा डेरा बस्ने सुयोग नेपालको दैनिकी खल्बलिएको छ । पाँच दिनदेखि पानी नहुँदा उनी दिनहुँ जारको पानी किनेर चलाइरहेका छन् ।

‘धारोमा पानी आएकै छैन, कपडा धुन नपाएको एक हप्ता भइसक्यो । ट्यांकरको पानी पनि नआउँदा जारको पानीले मुख धुनुपरेको छ । शौचालयमा समेत जारको पानी प्रयोग गर्नुपरेका छ,’ नेपालको गुनासो छ ।

उनले पानी नहुँदा दैनिक खर्च बढेको समेत सुनाए । ‘जारको पानी दिनकै प्रयोग गर्दा खर्च कति हुन्छ, आफैं भन्नुस् । राजधानीकै अवस्था यस्तो छ । अन्तको कुरा के गर्नु ?,’ सरकारप्रति उनले आक्रोश पोखे ।

बुद्धनगरका उनीमात्र होइन, थापागाउँकी शर्मिला श्रेष्ठ पनि अहिले आक्रोशित छिन् । ‘राजधानी रे, पानीको कहिले ठेगान छैन, अब मेलम्ची कहिले आउने थाहा छैन, ट्यांकरवालाले पनि फोन गर्दा पानी झारेका छैनन्,’ घर डेरामा लगाएकी श्रेष्ठ भन्छिन्, ‘अब पानी नहुँदा तनाव हुनै नै भयो । केयूकेएलका मान्छेको काम बिल मात्रै लिने हो र ?’

उता, कीर्तिपुर नगरपालिकामा पनि पानीको समस्या भएको कार्यवाहक प्रमुख सुनिता शाक्य बताउँछिन् ।

‘अहिले कीर्तिपुरको अधिकांश क्षेत्रमा पानीको समस्या छ, मूल स्रोतहरूमै रुख ढलेको, फोहोर जम्मा भएको अवस्था छ,’ शाक्यले अनलाइनखबरसँग भनिन् ।

उनका अनुसार कीर्तिपुरमा मुख्य गरेर दूधपोखरी, नौमुले क्षेत्रको पानीको मुहान बिग्रेको छ । ट्यांकरको पानी पनि नआउँदा थप जोखिम भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft