Saturday, October 5, 2024
Home NEWS बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार गरियो: गृह मन्त्रालय

बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार गरियो: गृह मन्त्रालय

by laganisutra

काठमाडौं । गृह मन्त्रालयले बाढीपहिरो र डुबानलगायतमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको बताएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरूबाट बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋणिराम तिवारीले जानकारी दिए।

विपदमा परेर बेपत्ता रहेका २२ जनाको खोजी कार्य जारी रहेको पनि उनले बताए। मुलुकभर गरी एक सय ६९ जना घाइते रहेको र विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताएका छन्।

विपदमा परेर घाइते भएकाहरूलाई नि:शुल्क उपचार गर्ने सरकारले निर्णय गरेको थियो।

Laxmi bank

काठमाडौं उपत्यकाबाट दुई हजार एक सय ५८, कोशी प्रदेशबाट ९० जना, मधेसबाट ३५ जना, बाग्मती प्रदेशबाट १३ हजार ६ सय ४० जनाको उद्धार गरिएको गृहको भनाइ छ।

Ncell

नेपाली सेनाको हेलिकप्टरबाट वृद्धवृद्धा तथा बालबालिकाहरूलाई उद्धार गरिएको उनले बताए।

गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरेका छन्।

राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरूको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरूसँग पनि गृहमन्त्रीले छलफल गरिसकेका छन्। 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft