122
काठमाडाै l भारी वर्षाले देशभर वित्तण्डा मच्चाएपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको जरुरी बैठक डाकेका छन् ।
राजधानी काठमाडौंसहित देशभर भएको बाढी, पहिरो र डुवानसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न उनले बैटक बोलाएका हुन् । विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको जनाइएको छ ।
बिहीबार बेलुकीदेखि सुरु भएको भारी बर्षा अहिले उत्कर्षमा पुगेको छ । यसबाट देशभर के कति क्षति भयो रु विवरण आउन सकेको छैन् ।