Saturday, September 28, 2024
Home Economy रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब

रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब

by laganisutra

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। साउन महिनामा १८ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो । पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft