Saturday, September 28, 2024
Home EconomySHAREMARKET प्रिसेसनमा बढेन नेप्से, आज कता जाला ?

प्रिसेसनमा बढेन नेप्से, आज कता जाला ?

by Lagani Yaman

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको गिरावट आएको छ । प्रिसेसनमा ०.५४ अंकले घट्दै नेप्से २५१९.०३ को बिन्दुमा अडिएको छ ।

प्रिसेसनमा ४४ कम्पनीको किनबेच भएको छ । जसमध्ये २० कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ । यो सेसनमा विशेषगरी जलविद्यूत र लघुवित्त समूहका कम्पनीको किनबेच भयो । ३ हजार ३९२ कित्ता किनबेच हुँदा यो सेसनमा कुल कारोबार रकम १६ लाख ३६ हजार १५१ रुपैयाँको भयो ।

अपि पावर, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, सगरमाथा जलविद्युत कम्पनी र आइएमई लाइफ इन्स्यारेन्सको कारोबार यो सेसनमा बढी भएको छ ।यसअघि निरन्तर गिरावटका बिच बुधबार ४९.१८ अंकले नेप्से बढेको थियो । नेप्से २५१९.५७ को बिन्दुमा उक्लिएको थियो । केही कारोबार रकममा गिरावट भएपनि बिहीबार कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य बढेको थियो ।

लगानीकर्ताले बुधबारको कारोबारको ट्रेण्ड आज पनि कायमै रहने विश्वास देखाएका छन् । यद्यपि, प्रिसेसनको कारोबार हेर्दा बिक्रीकर्ता हाबी भएको देखिन्छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft