Saturday, September 28, 2024
Home NEWS चन्द्रकोट गाउँपालिकाको बजेट ५० करोड ७९ लाख ६५ हजार

चन्द्रकोट गाउँपालिकाको बजेट ५० करोड ७९ लाख ६५ हजार

by laganisutra

काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकाको आर्थिक वर्ष २०७९र८० का लागि बजेट तथा कार्यक्रम दोस्रो गाउँ सभाको दोस्रो बैठकबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

गाउँपालिकाको कुल ५० करोड ७९ लाख ६५ हजार बजेट सार्वजनिक भएको छ ।

गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको सभाध्यक्षमा सम्पन्न सभामा उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले बजेट पेस गरेका थिए । पालिकाले शिक्षा स्वास्थ्य कृषि र उत्पादनमा जोड दिएको पालिका अध्यक्ष खत्रीले बताएका छन् ।

बजेटलाई वितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउने उनले बताएका छन्। साना तथा मझौला खालका उत्पादन एवम् उद्योग सञ्चालन गर्ने र स्थानीय नागरिकलाई रोजगारीको सिर्जना गर्नेलाई प्रोत्साहन र अनुदानको ब्याबस्था गर्न बजेट ब्याबस्था गरिएको उपाध्यक्ष भण्डारीले बताएका छन् ।

धार्मिक एवम् पर्यटनको विकासको लागि आवश्यक बजेट राखिएको बताइएको छ । कृषकलाई उत्पादनमा आधारित अनुदान दिने साथै सिँचाइका लागि आवश्यक बजेट ब्याबश्था गरिएको बताइएको छ । साथै उत्कृष्ट कृषकलाई अवलोकन भ्रमण कार्यक्रम, कृषकको उत्पादन गाउँपालिकाको अनुदानजस्ता लोकप्रिय कार्यक्रमलाई बजेट ब्यावस्था गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft