Saturday, September 28, 2024
Home Business विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

by laganisutra

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको परिणाम स्वरूप विदेशी मुद्रा सञ्चितिमा सुधार आउँदा अर्थतन्त्रको बाह्य क्षेत्र बलियो बन्दै गएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको सम्मेलनमा उनले सन् २०२२ / २०२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि रहेकोमा २४ मा सुधार भएर ३.९ प्रतिशत र मुद्रास्फीति  ५.४ प्रतिशत रहेको स्पष्ट पारेका छन् ।

गभर्नर अधिकारीले मुद्रास्फीति  ६.५ प्रतिशत राख्ने लक्ष्य भए पनि लक्ष्यभन्दा कम रहेको जनाएका छन् । उनले नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका छन् ।

गभर्नर अधिकारीले विदेशी मुद्रा सञ्चितिले १३ महिनाको आयात धान्न सक्ने क्षमता रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको ब्याजदर समेत एकल अंकमा आएको भन्दै अर्थतन्त्रको अन्य सूचक समेत सुधारको यात्रामा रहेको बताएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft