Saturday, September 28, 2024
Home Politics श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार दिशानायकेको फराकिलो अग्रता

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार दिशानायकेको फराकिलो अग्रता

by laganisutra

श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकेले अग्रता लिएका छन्।

राष्ट्रपतिका लागि शनिबार मतदान सकिएलगत्तै मतगणना भएकोमा नेशनल पिपुल्स पावरका उम्मेदवार दिशानायकेले सुरूवातदेखि नै अग्रता लिएका हुन्।

सुरूवातमा हुलाकमार्फत आएका भोट गनिएको थियो। हुलाकमार्फत आएका मतगणना सकेर मतपेटिकाको गणना जारी रहेको बताइएको छ।

समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आइतबार बिहानसम्म कुल गणना भएको मतको ४७ प्रतिशत मत दिशानायकेले प्राप्त गरेका छन्। 

विपक्षी दलका नेता साजिथ प्रेमदासाले २८ प्रतिशत र राष्ट्रपति रनिल विक्रमासिंघेले  १५ प्रतिशत मत ल्याएका छन्। 

राष्ट्रपति निर्वाचित हुनका लागि कुल मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ।

यसपालिको चुनावका लागि १ करोड ७० लाग नागरिक मतदानका लागि योग्य रहेकामा शनिबार ७० प्रतिशतले मतदान गरेका थिए। मतदान सकिएसँगै शान्तिपूर्ण ढंगले मतगणना गर्न  कर्फ्यू लगाइएको थियो। 

चुनावमा ३८ जनाले उम्मेदवारी दिएका थिए। 

अपदस्त राष्ट्रपति गोटाबाया राजापाक्षका भतिजा नमल राजापाक्ष पनि उम्मेदवार थिए। उनले तीन प्रतिशतमात्रै मत पाएका छन्। 

 सन् २०२२ मा गोटाबाय राजापाक्षे अपदस्त भएपछि श्रीलंकाले चरम आर्थिक संकट खेपिरहेको छ। यसपालि त्यहाँ वामपन्थी उम्मेदवारले जित्ने निश्चित भएको बताइएको छ। 

वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे र विपक्षी दल नेता साजित प्रेमदासाले  वामपन्थी उम्मेदवार दिशानायेकेलाई बधाई दिइसकेका छन्।

विदेशमन्त्री अली साबरीले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी गराउँदै दिशानायेकेको जित सुनिश्चित रहेको बताएका छन्।

‘रनिल विक्रमासिंघेको चर्को प्रचारका बाबजुद जनताले आफ्नो निर्णय गरे। उहाँहरूले दिनुभएको म्याण्डेटको सम्मान छ,’ उनले भनेका छन,’ उनले एक्समा लेखेका छन्। 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft