Friday, September 20, 2024
Home EconomySHAREMARKET नेप्सेमा सूचीकृत १३ कम्पनीहरुले गरे लाभांश घोषणा,कुनकाे कति?

नेप्सेमा सूचीकृत १३ कम्पनीहरुले गरे लाभांश घोषणा,कुनकाे कति?

by laganisutra

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका १३ वटा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका कम्पनीमा एक वाणिज्य बैंक, एक विकास बैंक, दुई लगानी कम्पनी, दुई जीवन बीमा कम्पनी, एक उत्पादन कम्पनी, एक होटल, एक लघुवित्त र चार हाइड्रोपावर कम्पनी छन् ।

लाभांश घोषणा गरेपछि कम्पनीहरुले साधारणसभामार्फत पारित गर्छन् । साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने गरेका छन् ।

कम्पनी ऐनअनुसार साधारणसभा हुनुभन्दा कम्तीमा २१ दिन पहिले सेयरधनीलाई साधारणभा हुने स्थान तथा समयबारे सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्ने व्यवस्था छ ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाटआफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । जसमा ७ प्रतिशत बाेनस सेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

हालसम्म नेप्से सूचीकृत कम्पनीहरुमध्ये चार हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरुमा सुपरमाई हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी, माण्डु हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर कम्पनी हुन् ।

माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८/०८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरिसकेको छ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर र करसहित १०.७३६८ प्रतिशत र ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ बराबरको नगद लाभांश छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गुराँस लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

ओरिएन्टल्स होटलले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

हाथवे इन्भेष्टमेन्ट कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सानिमा रिलायन्स लाइफले गत वर्षको मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत (कर) नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

नेपाल ल्युब ओयलले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft