Friday, September 20, 2024
Home Banking गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

by laganisutra

काठमाडाैं। गरिमा क्यापिटलले बम्पर दशैंतिहार अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को अवसरलाई लक्षित गरीे असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि “बम्पर दशैंतिहार अफर” ल्याएको छ ।

उक्त योजना अन्तर्गत कम्पनीमा डिम्याट र मेरोशेयर खाता खोल्दा लक्की ड्रमार्फत् भाग्यशाली तीन जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्नेछन् । जसका लागि असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म कम्पनीमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।

यो अफर अन्तरगत खाता खोल्न कमलपोखरी, काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु तथा गरिमा क्यापिटलको वेबसाइट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिनेछ ।

यसबारे कम्पनीले सामाजिक सञ्जालहरु फेसबुक तथा इन्ष्टाग्राममार्फत जानकारी लिन पनि सकिने बताएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft