Friday, September 20, 2024
Home Politics रवि भन्छन्– जबसम्म रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँदैन, तबसम्म यस्ता समस्या आई नै रहन्छ

रवि भन्छन्– जबसम्म रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँदैन, तबसम्म यस्ता समस्या आई नै रहन्छ

by laganisutra

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूँमाथि भएकाे प्रहारलाई सामान्यकृतरूपमा लिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्ताे आग्रह गरेका हुन् l

लामिछानेले रास्वपाकै नेतृत्वका सरकार नबन्ने बेलासम्म, रास्वपाले बहुमत नल्याउँदासम्म यस्ता समस्या आई नै रहने उनले बताए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संसदीय समितिले उनी स्वयमलाई समेत कारबाही गर्न सिफारिस गरेको भोलिपल्ट आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु, यो समस्या त हुन्छ नै हुन्छ । जबसम्म हुन्छ, तबसम्म रास्वपाले आफ्नो नेतृत्वको सरकार बनाउँदैन । जबसम्म बहुमत प्राप्त गर्दैन या दुई तिहाइ प्राप्त गरेर रास्वपाले यो देश हाँक्दैन तबसम्म यी समस्या त आई नै रहन्छन् ।’

लामिछानेले ठुला सपना देख्नेमाथि ठुलै प्रहार र आक्रमण हुनु स्वभाविक भएकाे बताए । ‘हाम्रा सपना पनि ठूला छन्, हामीले चाल्ने कदम पनि ठूलै हुन्छ । हामी माथिको प्रहार र आक्रमण पनि त्यहीअनुसार ठूलै हुन्छ साथी हो’, उनले भने, ‘आज यो हलमा तपाईंहरु सबैलाई तयार रहनका लागि अनुरोध गर्न चाहान्छु ।’

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft