207
काठमाडाैं l कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ ।
हिजो २३ रुपियाँ किलोमा बिक्री भएको लोकल गोलभेंडा आज २५ रुपियाँ तोकिएको छ । त्यसैगरी आइतबार तनेबडी १० रुपियाँ सस्तो भएर ४५ मा कारोबार भइरहेको छ भने भन्टा किलोमा ५ रुपियाँ घटेर प्रतिकिलो ३० मा कारोबार हुँदैछ । यता, घिउसिमी (हाइब्रिड) बढेको छ । हिजो ७५ रुपियाँ रहेको घिउसिमी १० रुपियाँले बढेर ८५ रुपियाँ पुगेको छ ।
साथै, पिँडालु २० रुपियाँ बढेर ७५, रायो साग ४० रुपियाँ घटेर ११० र च्याउ २६ रुपियाँले बढेर ३२६ रुपियाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।