338
काठमाडौं । एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंककाे सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैंकले १०० रुपैयाँ दरले ३ करोड इकाइ अर्थात् ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हाे ।
।
उक्त बैठकले नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय बैठकले गरेको छ।