Friday, September 20, 2024
Home Business वैदेशिक अध्ययनमा जाने विद्यार्थीले सटही गरेर मात्रै लगे १ खर्ब २५ अर्ब

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले सटही गरेर मात्रै लगे १ खर्ब २५ अर्ब

अध्ययनका नाममा विदेशिने क्रम

by laganisutra

काठमाडौं । शिक्षाका लागि विदेशिएका नेपाली विद्यार्थीहरुले स्वदेशबाट १ खर्ब २५ अर्ब रुपैयाँ सटही गरेर लगेका छन् ।

विदेश पढ्न जाँदा उनीहरुले सवा एक खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका हुन् ।

नेपालीहरु अध्ययनका नाममा विदेशिने क्रम बढिरहेको छ । नेपालीहरु अध्ययनका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानलगायतमा मुलुक पुगेका छन् ।

शिक्षातर्फको भ्रमण व्यय बढ्दा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड थियो ।

आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा थियो । अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft