Friday, September 20, 2024
Home Economy घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुनमा कति ?

घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुनमा कति ?

by laganisutra

काठमाडाैं । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्।भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् ।

१२ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकले स्थिर राखेका छन् भने १ बैंकले ब्याजदर बढाएको छ ।

प्राइम बैंकको ब्याजदर साउनको तुलनामा बढेको हो । ग्लोबल आइएमई, लक्ष्मी सनराइज, कुमारी,माछापुच्छ्रे, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् ।

साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् ।

भदौ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने छन् । व्यक्तिगत मुद्दति निक्षेपमा ती कम्पनीहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने छन् । सबैभन्दा कम ब्याज दिने बैंकमा नेपाल बैंक छ । यस्तो निक्षेपमा उक्त कम्पनीको अधिकतम ब्याजदर ५.२५ प्रतिशत छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft