Thursday, September 19, 2024
Home Business मेट लाइफको बार्षिक वित्तीय विवरण : खुद बीमाशुल्क आर्जन ८ प्रतिशतले बढ्दा नाफा घट्यो, अन्य सूचक कस्तो ?

मेट लाइफको बार्षिक वित्तीय विवरण : खुद बीमाशुल्क आर्जन ८ प्रतिशतले बढ्दा नाफा घट्यो, अन्य सूचक कस्तो ?

by laganisutra

काठमाडौँ । आर्थिक बर्ष २०८०।८१ चौथो त्रैमाससम्ममा मेट लाइफ नेपाल इन्स्योरेन्सले ५० करोड ४१ लाख खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०। ८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीले ५० करोड ४१ लाख खुद नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक बर्ष २०७९। ८० को तुलनामा गिरावट आएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ५४ लाख नाफा गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा वृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा वृद्धि भएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ४९ करोड ४८ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा १ अर्ब १ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा २३ अर्ब ८७ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft