Saturday, September 28, 2024
Home Lifestyle आयआर्जनमा जोडिँदै आमा समूह

आयआर्जनमा जोडिँदै आमा समूह

by laganisutra

बेनी : महिलालाई आत्मनिर्भर बनाउँदै घरेलु हिंसा न्यूनीकरण गर्न म्याग्दीको बेनी नगरपालिकाले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसायी गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइन्।‘महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौं,’ उनले भनिन् ‘चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको कार्यक्रम वडा नम्बर २ र १० मा लागू भएको छ ।’

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft