Friday, October 18, 2024
Home Business सेयर बजारमा १५ अंककाे गिरावट, झण्डै ३ अर्बको कारोबार

सेयर बजारमा १५ अंककाे गिरावट, झण्डै ३ अर्बको कारोबार

by laganisutra

काठमाडौं । सेयरबजार परिसूचक नेप्से १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा पुगेको छ। योसँगै बजारमा ६९ लाख ७८ हजार कित्ता सेयर बिक्री भएको छ। जसमा कारोबार रकम २ अर्ब ८९ करोड छ।

बजार खुलेयता निरन्तर घटेको थियो। बन्द हुनुअघि थोरै बढे पनि आजको कारोबारमा ६२ कम्पनीको मात्रै सेयर बढेको छ। १ सय ७७ कम्पनीका लगानीकर्ताले प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। ६ कम्पनीको भने घटबढ नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९.०३ प्रतिशत प्रतिसेयर आम्दानी गरे। यो नै सर्वाधिक प्रतिसेयर आम्दानी हो। प्रतिसेयर नोक्सानी धेरै व्यहोर्नेमा भने पोखरा फाइनान्स र डोल्टी पावरका लगानीकर्ता रहे। दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो।

आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक ३१ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft