२०८१ जेष्ठ ५
Home Business अरुणभ्याली हाइड्रोपावरको संस्थापक सेयर लिलामी बिक्रीमा

अरुणभ्याली हाइड्रोपावरको संस्थापक सेयर लिलामी बिक्रीमा

by laganisutra

काठमाडौँ। अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २० लाखको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसअघि लगानीकर्ताका लागि जारी गरेको हकप्रद निष्कासनमा २० लाख कित्ता सेयर बिक्री नभएकोले उक्त सेयर लिलामी गर्ने भएके हो । । १ बराबर १ को अनुपातमा कम्पनीले हकप्रद सेयर जारी गरेको थियो ।

बिक्री नभएको सो सेयर कम्पनीले वैशाख १० देखि लिलामी बिक्री गर्ने भएको छ ।

सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले १९ लाख ९२ हजार १३४ कित्ता साधारण सेयरका लागि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह पनि गरेको छ ।वैशाख १० देखि २४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १ सय रुपैयाँ कायम हुनेगरी न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तानी गरेको रकमको भौचर पेश गर्नुपर्नेछ ।

क्यापिटलको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी तथा महेन्द्रनगरबाट आवेदन फारम पाइने र तिनै केन्द्रमा बुझाउन सकिने छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.