Sunday, September 8, 2024
Home Sports नेपालले एक खेल अगावै गुमायो आयरल्यान्डसँगको सिरिज

नेपालले एक खेल अगावै गुमायो आयरल्यान्डसँगको सिरिज

by laganisutra

काठमाडौँ। घरेलु टोली नेपाल ए लाई पराजित गर्दै आयरल्यान्ड उल्भ्सले एक खेल अगावै टी–२० शृंखला जितेको छ।

शनिबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ४० रनले पराजित गरेको थियो। योसँगै आयरल्यान्डले तीन टी–२० शृंखला २–० ले आफ्नो पक्षमा बनाएको हो ।

शुक्रबार सम्पन्न पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले पराजित गरेको थियो।

आयरल्यान्डले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपालले १७।१ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सक्यो।

नेपालका देव खनाले सर्वाधिक ४७ रन बनाए। २५ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे।

बसिर अहमद २७, कप्तान विनोद भण्डारी २६, लोकेश बल २५, आरिफ शेख १४ र कमलसिंह ऐरी ११ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।

आयरल्यान्डका बेन ह्वाइटले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए।

फिओन ह्यान्ड र थोमस मेयरले २र२ विकेट लिए। म्याथ्यू फोस्टर र ग्यारेथको नाममा १र१ विकेट रह्यो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft