Thursday, November 21, 2024
Home Business हिमालयन लाइफद्वारा बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई आग्रह

हिमालयन लाइफद्वारा बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई आग्रह

by laganisutra

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ ।

कम्पनीले साविकको गुराँस लाइफ र युनियन लाइफको आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

शेयरधनीले रकम कम्पनीको खाता रहेको नेपाल इन्भेस्टमेन्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गराउन सक्नेछन् । रकम जम्मा भएपछि बोनस शेयर हितग्राही खातामा जम्मा गराइने कम्पनीले बताएको छ ।

साथै, भौतिक शेयर धारण गर्ने शेयरधनीको हकमा कर बापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नम्बर उपलब्ध गराएमा वा आफ्नो शेयर अभौतिकरण गराएपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft