457
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत भएको छ । आज सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।
सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।
शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार हुन सक्ने छ।