301
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नबिल बैंकको ३० लाख कित्ता इकाई ऋणपत्र सूचिकृत भएको छ ।
नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो । उक्त ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले यसलाई कारोबारका लागि ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ । उक्त ऋणपत्र भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।