328
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९७ हजार ९३९ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरी संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ ।
यो सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीह्रुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनीले आवश्यक कागज प्रमाण संलग्न गरी ज्ञानेश्वर काठमाण्डौमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सेयर गर्न चाहेको सेयरको संख्या र दर खुलाई आवेदन दिनुपर्नेछ ।
तोकिएको समय सिमाभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बेंकले जनाएको छ ।