Sunday, September 8, 2024
Home Business सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ?

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ?

by laganisutra

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १४२ रूपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४३ पैसा तोकिएको छ।

आइतबार युरो एकको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रूपैयाँ २९ पैसा घटेको हो। यस्तै, क्यानेडियन डलर एकको खरिदमा आज ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा तोकिएको छ।

आइतबार क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४२ पैसा तोकिएको थियो। अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ २३ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६२ पैसा पाइन्छ। त्यसैगरी, सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ २२ पैसा र बिक्रीमा १६७ रूपैयाँ ९८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रूपैयाँ २० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीमा २८ रूपैयाँ १९ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७३ पैसा तोकिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft