258
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले पुगेर शनिबार प्रचण्डले उद्योगको अवलोकन गरेका हुन्।
प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए। पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उद्योगलाई प्रधानमन्त्रीले यही अवस्थामा नभई अपग्रेड गरेर चलाउनुपर्ने बताए ।