253
काठमाडौं । प्रि ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सूचक ४.५७ अंकले बढेर २१२५.१९ विन्दुमा आएको छ ।
यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ भने ५ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।
यो सेसनमा ५५ कम्पनीको ११ हजार ८९९ कित्ता सेयर कारोबार हुदाँ ३३ लाख ४५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल १३० वटा कारोबार भएको हो ।