338
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई ८ वर्ष कैदको सजाय सुनाएको छ ।
यसैगरी, लामिछानेबाट ५ लाख रुपैंया क्षतिपूर्ति र जरिवाना पीडितलाई भराउनुपर्ने आदेश पनि अदालतले गरेको छ। बुधबार बलात्कार आरोपमा दोषी ठहर भएको मुद्दामा बहस गरिएको थियो जसबाट लामिछानेको सजाय निर्धारण गरिएको हो ।