Thursday, December 5, 2024
Home EconomySHAREMARKET राताम्य पुँजी बजारः कारोबार रकम देखियो उछाल, कस्तो होला अबको गन्तब्य ?

राताम्य पुँजी बजारः कारोबार रकम देखियो उछाल, कस्तो होला अबको गन्तब्य ?

by laganisutra

काठमाडौँ । दुई दिन लगातार उकालो लागेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। लगानीकर्ताहरूले यसलाई सामान्य करेक्सनको रूपमा लिएका छन् । बजारमा नाफा बुक गर्ने प्रवृत्तिले आजको गिरावटलाई स्वाभाविक मानिएको छ ।

पछिल्ला दिनहरूमा बजार निरन्तर सुधारको क्रममा रहेकाले यो गिरावटले दीर्घकालीन सकारात्मक संकेत दिएको जानकारहरूको धारणा छ । लगानीकर्ताहरूको मनोबल उच्च राख्न नियामक निकाय र सरकारको सकारात्मक दृष्टिकोणले समेत सहयोग पु¥याइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गर्भनर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शेयर बजारको विकास र स्थायित्वप्रति प्रतिबद्धता जनाएपछि बजारमा नयाँ उचाइको अपेक्षा गरिएको छ । बैंक ब्याजदर निरन्तर ओरालो लागेको र केन्द्रीय बैंकले कडा नीतिहरू खुकुलो पार्ने संकेत दिएकोले पनि बजारलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। देशको अर्थतन्त्रमा देखिएको सुधार, तरलता अभावको कमी, र लगानीकर्ताको आत्मविश्वासले बजारलाई दिर्घकालीन उचाइतर्फ डोहो¥याउने सम्भावना बलियो बनेको छ।

विशेषज्ञहरूले भने, बजारलाई अझै सशक्त बनाउन नीतिगत सुधार र कम्पनीहरूको मुनाफा वृद्धि आवश्यक रहेको बताएका छन् । बैंकिङ प्रणालीको सुधार र ब्याजदर घट्ने प्रक्रियाले आगामी दिनमा बजारलाई थप उचाइ दिन मद्दत गर्ने अनुमान गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अकंले घटेर २७५०.८७ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १० उपसूचकमा राताम्य लागेको छ । आज बैंकिङ समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको १.९४ प्रतिशत, फाइनान्स समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज १०४ कम्पनीको शेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft