Thursday, December 26, 2024
Home Opinion बाहिर बिकास भित्र शास्ती, सासै फेर्न गाँहो हुने यात्रा

बाहिर बिकास भित्र शास्ती, सासै फेर्न गाँहो हुने यात्रा

by laganisutra

काठमाडौं । नेपालको पुर्व देखि सूदुर सम्मका मान्छेहरु भेटिने मात्र एउटै थलो हो काठमाण्डौं शहर । नेपालको मुटु काठमाण्डौं मा अनेकौ अवसरहरु छन् । सँगै चुनौतीहरु पनि छन् । निकै धनाड्य माडेहरु पनि यही शहरमा छन्, बाटोमा भिक माग्ने पनि यही शहरमा छन् भने इमान्दारीताका साथ काम गरेर दुई छाक टार्ने मानिसहरु पनि यही छन् । कोही लोक दोहोरी गायक त कोही आधुनिक गायक , कोही ब्यबसायी बन्ने सपना बोकेर आम नेपाली नागारिकहरु काठमाण्डौंमा आउँने गर्दछन् ।

यसरी नेपालभरिका मान्छेहरु एकैठाउँ मा जम्मा हुँदा भीडभाड नहुने त कुरै भएन । अवसरको खोजीमा प्लस टु सकेपछि काठमाण्डौं आउने इच्छा प्राय सबै युवाहरको हुन्छ । त्यसैले होला जतिको भिड काठमान्डौका सवारी साधनमा हुन्छ त्यतीको भिड अन्त कुनै ठाउँको सावारी साधन पाइदैन । कतिपयले काठमान्डौलाई सपनाको सहरको रुपमा पनि लिने गरेका छन् । बिभिन्न प्रदेशका राजधानी सरकारले तोकेपति समग्रमा नेपालको राजधानीको रुपमा काठमान्डौको क्रेज भने अझै आम नेपाली मानिसहरुमा जिवितै छ । राजनीतिक उथपुथल पनि यही काठमान्डौबाट हुने गर्दछ । राज्य संचालनको मुख्य पाटो पनि यही काठमाण्डौं धानिदिएको छ । अनि काठमाण्डौंको महत्व किन न होस् त ।

यदि तपाइ कुनै पनि क्षेत्रमा आफु स्थापित हुन चाहानुहुन्छ भने सार्वप्रथम त तपाइले काठमाण्डौंमा झर्नै पर्छ । चलचित्रको नायक नायिका, एउटा कुशल क्षमतावान पत्रकार, राम्रो उच्च शिक्षा, सरकारी जागिर खानको लागि उपयुतm इन्टीच्युट तथा राजनीतिक लगायत थुप्रै बिभिद बिषयमा आफ्नो पहिचान बनाउन बर्षेनी हजारौको संख्यामा युवायुवति तथा कतिपय त परिवार सहित पलायन हुन्छन् काठमाण्डौंमा । यस्तै केही थान सपनाहरु बोकेर काठमान्डौका युवाहरु मध्य म पनि पर्दछु । मेरो त्यती ठूलो सपना त छैन । सानै सपना बोकेर म पनि काठमान्डौ झेरे । हाम्रो गाउँ मा गोठमा गाई, गोरु, भैसी, भेडा, बाख्रालाइ एउटै खोरमा हुल्ने गरिन्छ । काठमान्डौ जस्तो शिक्षित तथा नेपालका अन्य शहरुहरु भन्दा हरेक क्षेत्रमा फड्को मारेको शहरमा म मात्र हैन शवारी साधन चढ्ने आम सबै नागरिकहरुले दैनीक भेडा,बाख्रा झै कम्तीमा आधा घण्टा सम्म त हुलीनु पर्छ नेपाल यातायातको बसमा । यो आम जनताको रहर भने पक्कै होइन बाध्यता हो ।

जहाँ नचाहँदा चाहााँदै पनि सासै फेर्न गाँहो हुनेगरी अन्जान मानिसको शरिरमा शरिर टसिएर आधा घण्टा ४५ मिनेटको यात्र गर्न बाध्य भइन्छ । यस्तो भीड भैदिन्छ की प्यासेन्जरले बसको झ्यालबाट टाउँको निकाल्न मात्र बाकी हँुन्छ । यस्तो भीडमा झन् नियत खराब भएका पुरुषको फेला परे के होला रु महिलाको संवेदनशिल अंगमा कोही पुरषले नियतबश वा अन्जानमा छोइदिदा त्यो महिलामा के बित्छ होला ।

एक चोटी कल्पना गर्नुस त । त्यो अवस्थाको जाहाँ तपाइकी आमा, दीदी, बहिनी माथि अन्जान या जानाजान प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिंसा भैरहेको हुन सक्छ । यसरी नेपालको बिभिन्न स्थानबाट रोजगारी देखि उच्च शिक्षा लिन आउने सबै आम जनताले चढ्ने सावरी सधान भनेकै नेपाल याता यात, साझा यातायता, टेम्पो लागायत अन्य सवारी साधनहरु समेत छन् । तर समान्य परिवारबाट आएका न्युन आए भएका नागरिकको रोजाइ हो सस्तो भाडाँ । यसरी समस्तो भाडाँ अनि जुन रुटमा जुन सावरी सावधन चल्न त्यसैमा यात्रा गर्नुपर्ने आम नेपालीको बाध्यता पनि छ ।

सायद यही बाध्यता देखेर होला सार्वजनिक यातायातका डाइबर खलासीले नेपाल भरीका सबै यात्रुहरुलाइ गाडीले धान्छ झै यात्रु डाकेको देख्दा अचम्म लाग्छ । के आम नागरीकहरुले चढ्ने सावरी साधनको कमी भएको हो वा कुन रुटमा कति सवारी साधनको आवश्यकता छ भनी बिना आकलन नै चलाइएको हो रु यो कुरा भने बुभ्न निकै सकस भो । यसरी शरीरको सबे अंग नै जाम गरेर यात्रा गर्दा के आम नागरीकको स्वास्थ्यमा राम्रो असर पर्ला त रु यो प्रश्न पनि सरकरलाई छ रु हामी स्वास्थ नै धन हो भन्ने कुरा सानै देखि पढ्दै सुन्दै अनी भोग्दै पनि आएका छौ । ग्यस्ट्रिक जसलाई राष्ट्रिय रोग पनि भन्ने गरिन्छ । यहाँ यसरी मानिसको सम्पर्कमा जदाँ सरुवा रोगहरु जस्ते लहरे खोकी, लुतो ,रुघाखोकी लागायता सरुवा रोगहरु सर्ने प्रबल सम्भावना हुन्छ । कितीपय गलत नियत भएका पुरुषहरु का लागि त यो मेला जस्तै हुन्छ ।

महिलाको संवेदनशील अंगमा गल्तीले छोए जसरी जाना जान छुने । यसरी दिनहँु गर्ने यात्राले महिलको मानशीकतामा के अशर पार्ला एक चोटी सोच्न जरुरी छ । दशै तिहारको समयमा गाउँ घरबाटा खसी, बोका भित्राउदा जसरी गाडीमा खादीन्छ त्यो भन्दा पनि हरिबिजोक तवरले ४५ मिनेटको यात्र दिनहुँ तय गर्नु पर्ने बाध्यता आम सर्वसाधारणको छ । कुरा यहाँ नेपाल याता यात को हो जुन । नरेफाँ बाट दैनिक बालकुमारी, कोटेश्वर, तिकुने, बानेश्वर , अनामनगर हुँदै बागबजार माथि सम्म जान्छ । बिध्यार्थी तथा कर्मचारीका लागि त झन् १५ रुपैया मा नै अनामनगर पुगीन्छ । सायद यही सुबिधाले गर्दा होला थुप्रै यात्रुहरुको रोजाइ तथा बाध्यता यही नेपाल याता यात हो । फरक फरक स्वभाव बोकेका मानिसहरु आफ्नो शरिरलाइ पिडा दिदै गन्तब्यको पर्खाइमा हुन्छन् जब उनीहरु नेपाल यातायात चढ्छन् ।

नेपाल यातायातको बसमा चढी सके पछि त्यहाँको थेगी नसक्नु भीडले कति बेला झरौला भन्ने झै बानउँछ । यो यर्थाथ कुरा हो । त्यसै माथि अन्जानमा कसैलाई धेकल्दा कतिपयको त बाझाबाझ समेत हुने गर्दछ । अन्य रुटको भन्दा यो रुटमा भीड असाध्यै हुने गर्दछ । सायद सिंहदरबार, र अन्य महत्वपुर्ण क्षेत्रका अफिसहरु भएका कारण पनि निकै बाक्लो भीड गाडीमा देखिन्छ । कोही निहुरिएर त, कोही झ्याल तिर फर्केर समेत निकै सकसपुर्ण यात्रा गर्नु पर्ने सबैको बाध्यता हो ।

आम नागरिकहरुले दिनहँु भोगी रहेको यो पीडाको राज्यलाई सायद भनक समेत छैन होला । कुनै ठूलै युद्धको रणभूमी जितेर आए झै लाग्छ जब त्यो बसबाट छरिन्छ । यसरी सरकारले रुट अनुसारको आवश्यतका आधारमा बसको संख्या बढाउन मिल्दैन । बस धनीले भने जति सिट गाडीमा छ त्यति नै सिटको मात्र सरकारलाई कर तिरेका हुन्छन् ।

नेपालको प्रचलित कानुन बामेजिम यसरी सवारी साधनको क्षमता भन्दा बढी यात्रु बोकेमा कानुनी कार्वाही हुने ब्यबस्था छ । तर यस्ता ऐन सरकारले लागू गर्ने भन्दा पनि कागजको पानामा साजउनमा सर्मथ छ । आम नागरिक मात्र होइन सरकार पनि आफै ठगिएको देखिन्छ । कर केही सीटको कर तिर्रदा यात्रुहरु भने बसको कुनै कुना पनि नछोडी चेपीचेपी गडी भरेर बसको अन्तिम सम्म यात्रा पुरा हुन्छ । म पनि काम बिशेषले अनामनगर जादै गार्दा यस्तो परिस्थीतीको अवलोकन गर्ने अवसर पाए । मैले सारै जिज्ञासा लागेर एकजना निकै पाका उमेरका अद्बैसे ब्यतिलाइ सोधे के यस्तो भिड सधै हुन्छ रुसंयोगबस उँहा त वकिल पो हुँनुहँुदो रहेछ । “ उँहाले भन्न् भयो सधै यस्तै ठेलामठेल हुन्छ ” । उँहाको अभिव्यक्ति निकै आक्रोशमा थियो । र भन्नु भयो “ यो रुटमा नेपाल याता याता बाहेक अन्य कुनै कम्पनीको बस गुड्न पाउँदैन । साझा यातायात दिनभरी यात्रु नपाएर रित्तैहिनीरहेको थियो । यो रुटमा चलाउन अनुमति दिए पनि हुने ” भन्दै बाघ झै गर्जिए । यीनीहरुको आफ्नै सिन्डीकेट हुन्छ ।

नेपाल याता याता बाहेक अन्य कुनै बस यो रुटमा आउनै पाउदैन अनि भिड नभए के हुन्छ भन्दै जंगीदै बोले । खासमा यसरी यात्रुहरुलाई पेलेर यात्रा गराउदा कार्वही हुनुपर्ने हो । नेपाल मा यस्तै छ जे गरे पनि हुन्छ । आम नागरीको शास्ती कसले बुझ्छ भने । यो उनले कम्तीमा पनि ५ पटक दोहोराए सायद उनलाई पनि त्यो भिडमा यात्र गर्न समस्या भएको थियो होला । बुढा पाका, अपांग, बालबालिका ,महिला, बिध्यार्थीहरुले यो पिडा दिनहु भोगीरहेका छन् । उँहाले फेरि भन्नु भयो “ यसमा सरकारले केही गर्न सक्दैन ।

सिन्डीकेड गर्छन यीनीहरु अनि काबाट हुन्छ ”। यसरी सिन्डीकेट गरेर आम नागरीकलाई दुख दिनु कतिको जायज हो । यसमा सिन्डीकेट छ वा कसैको स्वार्थ यो नेपाल यातायात तथा सम्बन्धीत निकायलाई नै थाहाँ होला । किन यस्तो थेगी नस्रक्नु भीड देख्दा देख्र्दै पनि नेपाल यातायातले बसको संख्याको न थपेको होला अचम्म लाग्यो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft