Thursday, November 21, 2024
Home economy सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ :  नेता साउद

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ :  नेता साउद

by laganisutra

कञ्चनपुर । नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन कार्य प्रभावकारी रुपमा गरिनुपर्ने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभामा नेता साउदले सहकारी बोर्डले प्रभावकारी रुपमा नियमन गर्न नसक्दा रकम अपचलनका घटनाले प्रश्रय पाउँदै गएको बताए ।

उनले सहकारीमाथिको विश्वास बचाई राख्नका लागि इमान्दारिताको आवश्यकता रहेको बताए । सहकारीको क्षेत्र निर्धारण गर्दा बैङ्कसँग समानान्तर नहुने गरी कार्य गरिनुपर्ने नेता साउदले उल्लेख गरे ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सहकारी अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बताए । केही सहकारीले विकृति ल्याउँदा इमान्दारिपूर्वक कार्य गरिरहेका सहकारीलाई साख जोगाउन अप्ठेरो परेको उनले बताए ।

सहकारीले सर्वसाधारणको जीवनस्तर माथि उकास्ने कार्यदेखि उद्यमशीलतामार्फत रोजगारी सृजना गरी सामाजिक रुपान्तरणको क्षेत्रमा अहम् भूमिका खेलेको उनले बताए । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft